आँखाका बिरामीहरुको तथ्यांक सार्वजनिक

मेचीकाली संवाददाता

२७ मंसिर २०७९, मंगलवार
364 shares

सुनिल आचार्य

कपिलवस्तु । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगंज अन्तर्गत संचालित छन्द (कालेवावु) नारायणी आँखा अस्पतालले पत्रकार भेटघाट कार्यक्रममा आँखाका बिरामीहरुको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजले मंगलवार शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरि कपिलवस्तु जिल्लामा आंखाको विरामीहरुको स्थीतीको वारेमा तथ्याङ्क सार्वजनीक गरेको हो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशको अन्धोपनको जानकारी र अस्पतालले सन २०२२ मा गरेका गतिविधिबारे जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले जानकारी दिएको छ ।

सबै भन्दाबढी शिवराज नगरपालिकामा १ हजार ६ सय ७९ जना आंखाको विरामी रहेको तथ्याङले देखाएको छ । यसैगरी वाणगंगा नगरपालिकामा १ हजार ६ सय २४ जना , वुद्धभुमी नगरपालिकामा १ हजार ४ सय २९ , कृष्णनगर नगरपालिकामा १ हजार ३ सय ७८ , महराजगंज नगरपालिकामा १ हजार २ सय ६ जना आंखाको विरामी रहेका छन् ।

यस्तै मायादेवी गांउपालिकामा १ हजार ६१ जना , शुद्धोधन गांउपालिकामा ९ सय ९४ , यशोधरा गांउपालिकामा ८ सय १३ , र विजयनगर गांउपाललिकामा ८ सय १३ जना आंखाका विरामीको पहिचान भएको नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजका प्रमुख प्रसासक शम्सेर थापाले बताउनु भयो ।

प्रशासक थापाले विभिन्न समयमा गरिएको जांचवाट विरामीको तथ्याङ प्राप्त भएको बताउँदै सवै विरामीको शल्यक्रियावाट उपचार गनुपर्ने समेत वताउनु भयो । अस्पतालले पालिकाहरुको सहयोगमा आँखाका बिरामीहरुको निशुल्क उपचार गर्दे आएको छ ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशाशक शम्सेर थापाले समग्र लुम्बिनी प्रदेशको अन्धोपन र कपिलवस्तु जिल्लाका पालिकाहरुमा रहेको अन्धोपनको बारेमा जानकारी गराउनु भएको थियो । जस अनुसार लुम्बिनी प्रदेशमा २३ हजार ६ सय २० जना ब्यक्ति मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरु रहेको तथ्यांक प्रमुख प्रशाशक थापाले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कपिलवस्तु जिल्लामा मात्र २ हजार ६ सय ६६ जना मोतिबिन्दुका बिरामी रहेको प्रमुख प्रशासक थापाले जानकारी दिनु भयो । सो अवसरमा उपस्थित सहभागीहरुलाइ आँखा स्वास्थ्य सेवाको बारेमा नेत्र अधिकृत ओपेन्द्र चन्द्ले जानकारी गराउनु भएको थियो ।

यसैगरी छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पाताले स्थापनाकाल देखि हाल सम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरिएको र १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ दाङ शाखाका कार्यबाहक सभापति एवं आँखा अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रेशम वहादुर खड्काले आँखाका बिरामीहरुले समयमै उपचार गराउनुपर्नेमा जोडदिनु भयो । मानव जिवनका लागि आँखा नै महत्वपूर्ण भएको हुँदा अन्धोपनाबाट जोगिन समयमै ध्यान दिनुपर्ने बताउनु भयो ।

विशिष्ठ अतिथि नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव एंव आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्र बहादुर खड्का, अनेपाल नेत्रज्योति संघ दाङ शाखाका कोषाध्यक्ष एवं आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य श्याम प्रकाश आचार्य, संचारकर्मीहरु लगायतले आआफ्नो धारणा राखेका थिए ।

आँखा स्वास्थ कार्यक्रम राप्ती तथा वहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा .सुलक्ष्मि कटुवालको अध्यक्षता , छन्द (कालेवावु) नारायणी आँखा अस्पतालका प्रशासकिय अधिकृत जसराज विश्वकर्माको स्वागत मन्यव्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती वहादुरगंजका सुचना अधिकारी बालाराम खड्काको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाका क्रियाशिल विभिन्न सन्चार माध्यममा आवद्ध ३१ जना संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।