कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु

मेचीकाली संवाददाता

२४ श्रावण २०७८, आईतवार
658 shares

बुटवल । नेपालमा आइतबार कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

त्यस्तै नेपालमा आइतबार थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आइतबार २ हजार ३९६ जना निको भएका छन् । शनिबार मात्रै कोरोनाबाट १९ जनाले ज्यान गुमाएका थिए भने ३२ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ पुगेको छ । ८०२ जनाको सघन उपचार कक्षामा उपचार भइरहेको छ भने १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।