सियारी बचत तथा ॠण सहकारीको ११ औ वार्षिक साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

६ पुष २०७९, बुधबार
372 shares


तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिका -६ बर्दहवा स्थित सियारी बचत तथा ॠण सहकारीको ११ औं वार्षिक साधारण सभा हालै सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि एवं सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ११ औ वार्षिक साधारण सभाको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष घिमिरेले सहकारीहरुले किसानहरुको आर्थिक स्तर परिवर्तनको लागि उत्पादन मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष दामोदर पङ्गेनी ,निस्ठा बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष प्रेम गोदार लगायतले सहकारी सम्बन्धि आ आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को ६ करोड ८८ लाख११ हजार २ सय ७५ रुपैयाँ २८ पैसा पारीत गरेको छ।सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ३७ लाख २९ हजार ४२ रुपैयाँ ५६ पैसा विशुद्ध नाफ गर्न सफल भएको छ।
सहकारीका अध्यक्ष विक्रम भुज गुप्ताको अध्यक्षता, उपाध्यक्ष टिकाराम रानाभाटको स्वागत मन्तव्य ,अध्यक्ष विक्रम भुज गुप्ताबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष धर्मेन्द्र थापाबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,सल्लाहकार निक्लेश बनियाबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रमको संचालन सहकारीका सचीव राजन चौधरीले गर्नुभएको थियो।