सुनको मूल्य निरन्तर ओरालो

मेचीकाली संवाददाता

२५ श्रावण २०७८, सोमबार
723 shares

बुटवल । सोमबार सुनको मूल्य फेरि एक हजारले घटेर ८९ हजार प्रतितोलामा पुगेको छ। आइतबार सुन शुक्रबारको मूल्यमा १५ सयले घटेर तोलाको ९० हजारमा कारोबार भएको थियो।

आज चाँदी पनि २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। दुई दिनमा चाँदी ५० रुपैयाँले घटेको हो। अघिल्लो दिन चाँदी तोलाको १२ सय ४० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।