कालिका पथमा गजल साँझसहितको ‘मोन्टोना’

मेचीकाली संवाददाता

२१ पुष २०७९, बिहीबार
233 shares

बुटवल, पुस २१ (मेसस) । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै रेषटुरेन्ट सञ्चालनमा आएको सञ्चालक राजेश श्रीपालीले जानकारी दिए ।

‘फिल द वेस्ट भाइव्स इन टाउन’ नारालाई आत्मासाथ गर्दै लाइभ म्युजिक, विशेष गजल साँझ, अनप्लग म्युजिक तथा ठूलो पालइडी स्क्रिनका साथ होटल सञ्चालनमा आएको हो । ४ जना युवाहरुको कूल १ करोड ५० लाखको लागतमा सञ्चालन गरिएको रेष्टुरेन्ट एण्ड बार शुभारम्भको अवसरमा यही पोष २२ गतेदेखि विभिन्न कलाकारहरुको प्रस्तुती रहने सञ्चालक प्रकाश भट्टराईले जानकारी दिए ।

मोन्टाना शुभारम्भको अवसरमा पुस २२ गतेदेखि तीन दिने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सञ्चालक गीता महतले बताइन् । कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका टिका पुनको सांगीतिक प्रस्तुती रहने सञ्चालक राजेश भट्टराईले बताए । होटल शुभारम्भ बारे जानकारी बोल्दै गायक राजु परियाले रेष्टुरेन्ट सञ्चालनको सञ्चालनसँगै ग्राहकले नयाँ स्वादको अनुभव प्राप्त गर्ने अवसर पाएको बताए ।

पुस २३ गते आधुनिक पप गायिका शुबानी मोक्तान तथा २४ गते गायक कमल खत्रीको प्रस्तुती रहने र निःशुल्क प्रवेशको व्यवस्था गरिएको सञ्चालक विकास ज्ञवालीले बताए । कारयक्रमलाई टुबोर्ग बियर, क्यु एफ एक्स सिनेमा तथा जंग प्रोडक्सनले सपोर्ट गरेको आयोजकले जनाएको छ । रेष्टुरेन्टमा करिब २ दर्जनले रोजगार प्राप्त गरेका छन् ।