कोरोना प्रभावितलाई राहत सामग्री

मेचीकाली संवाददाता

२५ श्रावण २०७८, सोमबार
710 shares

पार्बती आचार्य
कपिलवस्तु । कोरोना भाईरसका कारण रोजगारी गुमाएका अति विपन्न, गरिव, बिदेशबाट फर्कीएका, अपांगता भएका व्यक्तीहरु र आम्दानीको श्रोत नभएकाहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

स्ट्रोमा फाउण्डेसनको सहयोग, बाणगंगा नगरपालिका वडा नं. ३, १० र ११ टोल विकास संस्थाहरु र स्वावलम्बन समुहहरुको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा राहत सामग्री वितरण गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नं ३ सिउँटीमा कोरोना प्रभावित १ सय जनालाई राहत वितरण गरिएको हो । जसमा प्रति व्यक्ती ६० किलो चामल, ५ किलो दाल, २ लिटर तेल र ८ किलो नुन रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रकी उपाध्यक्ष सुर्य कुमारी शाहीले बताईन् । कोरोनाको दोस्रो लहरबाट दैनिक ज्याला मजदुरी गरि जिबिकोपार्जन गर्ने विपन्न वर्गलाई थोरै भएपनि राहत होस भन्ने उद्देश्यले राहत वितरण गरिएको उपाध्यक्ष शाहीले बताईन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले विपन्नहरुलाई सहयोग गरेकोमा सिद्धार्थ सामाजिक विकास केन्द्र र स्ट्रोमा फाउण्डेसनलाई धन्यबाद दिए । कोरोनाको दोस्रो लहरमा सरकारले त्यती ध्यान दिन नसकिरहेको समयमा यस संस्थाले विपन्नहरुको आत्मा भरिदिने काम गरेको भन्दै संस्थालाई धन्यबाद दिए ।

राहत बुझ्दै वडा नं. ३ का प्रकाश परियारले बिहान र साँझ के खाउँ भन्ने परिस्थीती भएको बेलामा संस्थाले यती धेरै सहयोग गरेको भन्दै धन्यबाद दिए । वडा नं. ११ ओदारीकी बसन्त कुमारी चौधरीले हामी विपन्नका निभेका चुलाहरुलाई बल्ने बनाई दिएको भन्दै संस्थाले यस्ता कामको निरन्तरता दिईरहुन भन्दै धन्यबाद दिईन् ।

वडा नं. ३ की डिल कुमारी गल्लामीले म जस्तो दृष्टि बिहीनलाई संस्थाले कार्यक्रमको आयोजना गरी राहत उपलब्ध गराएकोमा आयोजक संस्थालाई ह्रिदय देखि नै धन्यबाद दिंदै संस्थाको प्रगतीको कामना होस भन्दै संस्थालाई आशिरर्बाद दिईन ।

राहत वितरण कार्यक्रम संस्थाका सदस्य रुपा देबी राई गुरुङको स्वागत मन्तब्य तथा सामाजिक परिचालक दिनेश चौधरीको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै पबित्रा बि.क र भावना सेन क्षेत्रीले राहत वितरण व्यवस्थापनमा सहयोग गरेका थिए ।