चलचित्र ‘फूलबारी’को टिम बुटवलमा, दर्शकले रूचाउने चलचित्र बनेको दाबी

मेचीकाली संवाददाता

१४ माघ २०७९, शनिबार
509 shares

बुटवल, माघ १४ । प्रचारप्रसार अभियानमा देश दौडाहमा निस्केको चलचित्र फूलबारीको टिम शनिबार बुटवल आइपुगेको छ । फागुन ५ गते देखि प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार गायक कालिप्रसाद बास्कोटा निर्माता मनिष ढकालसहित कार्यकारी निर्माता मनिराम पोखरेलको टिम बुटवल आइपुगेको हो ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले पारिवारीक कथामा आधारित चलचित्रमा दैनीक जीवनमा घरघरमा घट्ने घट्नाहरुलाई उजागर गरिएको बताए । आफ्नो चलचित्र फूलबारी हेरिदिन दर्शकहरुलाई आग्रह गरे । उनीहरुले फूलवारी परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न मिल्ने चलचित्र भएको दाबी गर्दै सबैले भोगेको साना सना कुरामा घरमा देखिने शंका उपशंकालाई कथामा उतार्न खोजिएको बताए ।

यशोधा फिल्मको ब्यानर, कमलकिशोर मालपानीको कथा र रामबाबु गुरुङको निर्देशनमा फिल्म निर्माण भएको निर्माता मनिष ढकालले बताए । वतर्मान नेपाली घरघरको कथा नै फुलबारी भएको उनले बताए । कार्यकारी निर्माता मनिराम पोखरेलले काठमाडौ पछिको सबैभन्दा धेरै ईभेन्ट हुने स्थानका रुपमा परिचय बोकेको बुटवलमा चलचित्रको राम्रो दर्शक रहेको बताए ।
कलाकार विपिन कार्कीले सधै कला क्षेत्रमा आफू नयाँ भुमिका गर्न खोज्ने बताउँदै फूलवारीमा पनि नयाँ क्यारेक्टर पाउदा फिल्म खेल्न तयार भएको बताए । ‘जयनारायण सरको रिटार्ड मास्टरको भुमिकामा देखिने छु ।’ उनले भने । परिवार बिनाको मानिसको कल्पना गर्न नसकिने भन्दै यहि पारिवारिक कथा चलचित्रमा रहेको हुदा दर्शकले मन पराउनेमा आफू आशावादी रहेको बताए ।

चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक (भिडियो)

कार्यक्रममा नायिका प्रियंका कार्कीले विभिन्न पात्रहरुले परिवारको सदस्यहरुको बिचमा हुने जिवन्त सम्बन्धलाई चलचित्रमा देखाउन खोजिएको बताइन् । ‘हाम्रो नेपाली कथा हो ।’ उनले भनिन् । फुल फेमिली ड्रामा चलचित्रमा रहेको बताउँदै उनले यसले एउटा सन्देश दिन खोजेको समेत बताईन् । फूलबारी नाम अनुसार नै सबै पात्रहरु फरकफरक फुलहरुको कलालाई देख्न सकिने उनको भनाई छ । ससाना विषयमा हुने विवाद, संवाद, मनमा बिझाउने खालको फिल्म बनेको उनले दाबी गरिन ।

बुटवलबाट प्रोमोशन शुरु गरेको टिमले नेपालका मुख्य पाँच स्थान पोखरा, चितवन, ईटहरी, बिर्तामोड पुग्ने छ । कार्यक्रम चलचित्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठको अध्यक्षता तथा सचिव विकाश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।