फस्ट च्वाइस फुड उद्योग प्रालिको आयोजनामा सहकारी सस्था एवं कृषक सित अन्तरक्रिया

मेचीकाली संवाददाता

२६ श्रावण २०७८, मंगलवार
635 shares

तुलसी राम पौडेल फर्साटिकर, श्रावण २६ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ मैनहिया स्थित फस्ट च्वाइस फुडस प्रालिको आयोजनामा सहकारी सस्था एवं किसानहरु बीच आलु बाली  प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम रिद्दिसिद्दि पार्टि प्यालेसमा मंगल वार  सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि एवं शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले किसानको आर्थिक स्तर उन्नतिका लागि शुद्दोधनमा फस्ट च्वाइस फुड उद्योग स्थापना भएकोले किसानहरुले दुहुनो गाइ दोए जस्तै फाइदा लिन सक्ने बताउनु भयो ।आलु बालि विशेषज्ञ डाक्टर श्याम प्रसाद ढकालले कम्पनी सग आवद्ध भएका किसानहरुलाई आलु उत्पादन वृद्धि गर्न  धेरै सजिलो हुने बताउनु भयो ।फस्ट च्वाइस फुड उद्योगका संचालक कृष्ण प्रसाद पौडेलले किसानले उत्पादन गरेको आलुलाई बजार भाउभन्दा चार पाच रुपैया बढि दिएर कम्पनीले खरिद गर्ने बताउनु भयो।हाम्रो उद्देश भनेको किसानको आय स्तर वृद्धि गर्नु हो जसको लागि किसानलाई  उन्नत जातको आलुको बिउ ,प्राविधिक सहयोग लगायतका कुराहरुमा कम्पनीले व्यवस्था मिलाउछ संचालक पौडेलको भनाइ थियोे ।कम्पनिलाई चाहिने आवश्यक आलु  यहिका किसानले उत्पादन गर्नुपर्ने हुन्छ ।अर्को देशबाट मगाइने छैन उहाको भनाइ थियो ।ंशुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलले उद्योगलाई चाहिने आलु उत्पादन गर्नको लागि किसान सक्रिय हुनुपर्ने बताउनु भयो।किसानले उत्पादन गरेको आलु बजार ब्यबस्थापन स्वयं कम्पनीले गर्ने हुदा यो सुनौलो अवसरलाई किसानले सदुपयोग गर्नुपर्ने बताउनु भयो ।कम्पनीका ब्यवस्थापक अनिस कुमार खड्काले कार्यक्रम बारे जानकारी दिनु भएको थियो ।कार्यक्रममा सहभागी वक्ताहरुले किसानले ॠण ,बाली बिमा बारे कम्पनीले गर्ने भुमिका वारे जिज्ञासा राखेका थिए ।