बगनसकालीमा १५ सैयाको अस्पताल शिलान्यास

मेचीकाली संवाददाता

४ फाल्गुन २०७९, बिहीबार
424 shares


नेत्र गैरे

पाल्पा । बगनसकाली गाउपालिकामा १५ सैयाको अस्पताल निर्माण हुने भएकोछ । गाउँपालिकाको वडा नं १ चिर्तुङधाराको चिलाङदिमा बन्न लागेको अस्पतालको गाउँपालिका अध्यक्ष सरस्वती चिदि र उपाध्यक्ष हरि पाठकले हिन्दुधर्म संस्कार अनुसार बिधिबत जग पुजा गरेर अस्पताल भवनको शिलान्यास गरेकाहुन् ।


भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले अस्पतालको निर्माणपछि बगनासकालीका जनतालाई गुणस्तरीय मेडिकल अफिसर सहितको सेवा प्रदानगर्न सकिने बताइन् । गाउँपालिका उपाध्यक्ष हरी पाठकले लुम्बिनी प्रदेशको स्थापना दिवशको दिन अस्पतालको स्थापना दिन पारेर कामको थालनी गरिएको र अस्पताल निर्माण पछि जनतालाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहजहुने बताए ।


गाउँपालिकाका ईन्जिनियर प्रमोद कुवरले बुद्ध÷पशुपती÷जुगल जेभि निर्माण कंम्पनिले १६ करोड ठेक्कामा निर्माण कार्य पुरा गर्नेछ । निर्माणकार्य २०७९ज्येठ २८ देखि सुरू भएको र २०८० मंसिर १३ गते १ बर्ष ६ महिनामा पुरा हुने जानकारी गराए ।
अस्पताल निर्माणगर्न चिर्तुङधारा चिलाङदि निवासी बल बहादुर राना, मीन बहादुर राना, डिल बहादुर गाहा, भिमसेन गाहा र टनि सरा रानाले छ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएकोछ ।


अस्पताल भवनको शिलन्यास कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत बिष्णु घर्ती, गाउँपालिकाका प्रबक्ता टीका थापा, गाउँ कार्यपालिका सदस्यहरू,जनप्रतिनिधिहरू,बिषयगत शाखाका प्रमुखहरू स्थानिय समाजसेबीहरूको उपस्थिति रहेको थियो ।
हाल बगनासकाली गाउँपालिकामा स्वास्थ्य चौकी– ९, बर्थिङ सेन्टर– ४, सामुदायिक स्वास्थ्य ईकाइ– १ र आयुर्वेद केन्द्र– १ रहेको र बार्षीक ३० हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताए ।