स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन जनप्रतिनिधी सक्रिय हुनुपर्छः स्वास्थ्य मन्त्री पन्थी

मेचीकाली संवाददाता

१२ फाल्गुन २०७९, शुक्रबार
387 shares

बसन्ती आचार्य

कपिलवस्तु । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन जनप्रतिनिधीहरु सक्रिय भएर लाग्नुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले बताएका छन् । प्रजनन् स्वास्थ्य सम्बन्धि महिला जनप्रतिनिधी, अधिकारकर्मी तथा संचारकर्मीहरुलाई अभिमुखिकरणमा बोल्दै मन्त्री पन्थीले यस्तो बताए ।

भौतिक क्षेत्रमा बिकास भएर मात्र लुम्बिनी प्रदेश सुखी संमृद्ध नहुने भएको हुनाले राजनितीक दलहरुले समेत यस बिषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । राजनितिकदलहरुले लेवी उठाउने र जनताबाट भोट माग्ने तर स्वास्थ्य सुधार नगरेमा अब खबरदारी गर्नुपर्ने दावी गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले महिला र प्रजजननको बिषयमा नगरले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताइन । उनले तालिममा उठान भएका बिषयबस्तुहरुलाई व्यवहारमा लागूगर्नेमा जोडदिइन । नो होम डेलिभरि योजनालाई चुस्त रुपमा कार्यान्व्यनमा लगेको भन्दै नगरले निशुल्क एम्बुलेन्स, नेपाल सरकारका प्राप्त हुने निशुल्क औषधीहरुको कमी हुन नदिएको उपमेयर चौधरीले बताइन् ।

गर्भवती महिलाहरुकालागि सहज रुपमा स्वास्थ्य परिक्षण गर्नकालागि पालिकाका ११ बटै वडामा गाउ घर क्लिनिकको आफनै भवन भएकाले स्वास्थ्य क्षेत्रमा भएका कमी कमजोरीलाई औल्याउन सहभागिहरुलाई आग्रह गरिन । पालिकामा बिनियोजन हुने बजेट मध्ये स्वास्थ्यलाई क्षेत्रमा पहिलो प्राथमिकतामा राखि ६० लाख बजेट बिनियोजन गरिएको जानकारी दिइन । पालिकामा रहेको पिपरा अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउने योजनाका साथ पालिका अगाडि बढेको बताइन ।
इन्सेकसंग मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी, जिल्ला समन्वय समितीका सदस्य सुमित्रा परियार, मानव अधिकार युवामञ्का अध्यक्ष ईन्दिरा पन्त लगायतले प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम पहिलो पटक सुनेको गुनासो गरे । कार्यक्रममा स्वस्थ्य मन्त्रालयका नर्सिङ्ग निरीक्षक सुनिता ज्ञवालीले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि र लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी गराइन् । विभेदका कारण प्रजनन् स्वास्थ्यमा समस्या, मातृ मृत्युदर, गर्भनिरोधक दर र कार्यदिशा लगायतका बिषयमा सहजीकरण गरेकी थिइन् ।

यस्तै सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला अधिकारका रुपमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐनमा भएका बिषयमा चेतनाको कमीले कार्यन्व्यनमा नआउनु दुखदायी बिषय भएको जिकिर गरिन । साथै उनले महिलाको हक, महिला अधिकार रुपमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ र पत्रकार तथा सञ्चारकर्मीको भूमिका, प्रजनन् स्वास्थ्य सम्बन्धि महिला संचारकर्मीहरुको भूमीका लगायतको बिषयमा सहजीकरण गरेकान थिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका उपसचिव महेश पाण्डेको अध्यक्षता, मन्त्रालयका प्रवक्ता तथा महासचिव पुष्पराज पौडेलको स्वागत मन्तव्य तथा संचारिका समूह लुम्बिनी प्रदेशका सचिव माया केसीको संचालन रहेको कार्यक्रममा जनप्रतिनिधी, महिला अधिकारकर्मी र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा कपिलवस्तुको बाणगंगामा अभिमुखिकरण कार्यक्रम भएको हो ।