लुम्बिनी प्रादेशिक अस्पतालको मेसुबाट डा. खनाललाई हटाइयो

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
568 shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई पदबाट हटाइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बुधवार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मेसुबाट हटाएर रेडियोलोजी डिपार्टमेन्टमा सारिएको जानकारी दिए ।

पोखरेल नेतृत्वकै सरकारले खनाललाई मेसु बनाएको थियो । ११ औं तहका खनालले कोरोना महामारीमा राम्रो काम गरेका थिए । उनको ठाउँमा डा। ईन्द्र ढकाललाई ल्याउने बाटो खुलेको छ ।

उनी १० औं तहका हाडजोर्नी विशेषज्ञ हुन् । स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले ढकाललाई अगाडि सारेका थिए । उनी बुटवलका एक निजी अस्पतालका सञ्चालक समेत हुन् ।

डा. खनालले आफूले सरकारी संयन्त्र बलियो बनाउनुपर्छ भन्ने अडान लिँदा आफूप्रति ‘इगो’ साँधिएको मेचीकालीलाई बताए । उनले भने, ‘मलाई मेसु पद केही होइन । पद आउँछ जान्छ ।’