नमूना राजधानीको सपना अधुरै छाडनुप¥योः पोखरेल

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
356 shares

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानीलाई नमूना बनाउने आफ्नो सपना अधुरै छाड्नु परेको बताएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएलगतै मन्त्रालयका सचिवहरूसँगको भेटघाटमा पोखरेलले अधुरो सपना छाडेर बाहिरिनुपरेको दुखेसो गरे ।

सचिवहरूसँग प्रदेशमा आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायि राजधानी बनाएको स्पष्ट पारे । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा गएको असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित भएको थियो ।

‘अब आउने नेतृत्वलाई नमूना राजधानीबारे केही भन्नुहोला’ पोखरेलले भने, ‘यो काम अधुरै छाड्नुप¥यो । अब आउने सरकारलाई आफुले शुरू गरेका योजनालाई अघि बढाउन सहयोग गर्नुहोस ।’

उनले प्रदेश सरकारले लेखिने गरी विकास निर्माण र संरचनाका बनाउने काम गरेको दावी गरे । उनले सरकारले थुप्रै नयाँ काम गरेको बताए । लुम्बिनीमा माओवादी केन्द्रका नेता कूलप्रसाद केसीको नेतृत्वमा अब प्रदेश सरकार बन्नेछ ।