हर्नैया सामुदायिक बनमा वृक्षरोपण

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
420 shares

तुलसीराम पौडेल
सियारी, साउन २७ । रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैयामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सियारी–३ हर्नैयास्थित हर्नैया प्रगतिशिल सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

हर्नैया प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनिराम थारुको अध्यक्षता, सियारी गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष घिसन अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्जुन, कदम, हररो लगायत ५ सय विरुवाहरु रोपिएका थिए । २०६३ सालदेखि विरुवा रोप्न शुरु भएको सो सामुदायिक बन विधिवत रूपमा दर्ता भएको थियो ।

सामुदायिक बनको क्षेत्रफल १० विगाहा रहेकोे हाल त्यस बनमा आँप, आवला, सिसौ, सफेदा, टिक, बास लगायतका रुखहरु रहेकोे हर्नैया प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिका सदस्य निरम्कर भुजले बताए । सामुदायिक बनमा आन्तरिक पर्यटक आकर्षणको लागि पिकनिक स्पोट बनाउने तयारी गरिएको सामुदायिक बनका अध्यक्ष धनिराम थारुले बताए ।

सामुदायिक बनमा हालै नयाँ समिति गठन भएको छ जसको अध्यक्षमा धनिराम थारु उपाध्यक्ष रम्भा थारू, कोषाध्यक्ष ध्रुब यादव सचीव तुलसी यादव, सहसचिव जितु यादव सदस्यहरु रामचन्द्र गुप्ता, राजपालक थारू, त्रिभुवन थारु, सुरु जमात हरिजन, निरम्कर भुज, राजकुमार यादव, विनय थारु, धर्मराज गौड, इजहर धुनिया लगायत रहेका छन ।