लुम्बिनीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
618 shares

बुटवल । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा २४ घण्टाभित्र दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनबाट आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहीवार अपराह्न ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको जानकारी दिए । मुख्यमन्त्री शंकर पोखरेलले बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

हेर्नुहोस् प्रदेश प्रमुख कार्यालयको पत्र