गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
133 shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।

दोहली ढाँडकी अन्दाजी १७ बर्षीया राधा खत्री, २३ गोमा खत्री र २४ शर्मिला खत्री पनि घाइते भएका छन् । सोहि ठाउँकै मालारानीकी २४ बर्षीया रुपा र ९ बर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार चट्याङले सोहि वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरुमा क्षति पुराएको छ । घाइतेहरुको उपचारको लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ ।