अन्नपूर्ण सहकारीद्वारा पाठेघर र स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

मेचीकाली संवाददाता

११ चैत्र २०७९, शनिबार
150 shares

बुटवल । बुटवल–७ स्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी सककस्था लिमिटेडले शनिबार एकदिने प्रशिक्षणकक कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष वालकृष्ण बस्यालको अध्यक्षता तथा टोपलाल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

विशेष गरी महिलालाई लक्षित गरेर राखिएको कार्यक्रममा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि महिला रोग विशेषज्ञ डा।वर्षा पौडेले प्रशिक्षण दिएकी थिइन । संस्थाका अध्यक्ष वालकृष्णक वस्यालले पाठेघर तथा स्तन क्यान्सर सम्वन्धित रोगहरु वारे अझै महिलाहरु खुलेर बाहिर नआएको र रोगलाई कहिले पनि लुकाएर राख्न नहुने बताए ।

उनले रोगको सुरुवाती लक्षणक देखिनासाथ डाक्टरलाई देखाउनुपर्ने बताए । त्यसै गरी अतिथि दोलराज पाण्डेले सहकारी सम्वन्धि बजारमा फैलिएको हल्लाकोपछि नलाग्न र सहकारी सम्वन्धी सदस्य बन्न आउने तथा पैसा उठाउने जो सुकैलाई पनि तुरुन्तै पैसा नदिन र बुझेर मात्र कारोवार गर्न अनुरोध गरे ।

सहकारीको महत्व र आवश्यकता दिन प्रति दिन वढ्दै गएको बताए उनले बताए । कार्यक्रम शिक्षा समिति संयोजक सीता थापाले सञ्चालन गरेकी थिइन । सहकारीले समय समयमा विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको सहकारीका शिक्षा समिति सदस्य गोकर्ण गिरीले जानकारी दिए ।