

बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरीटेन्डन (मेसु) मा डा. सुदर्शन थापालाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खाली रहेको प्रादेशिक अस्पतालको मेसुमा डा.थापालाई नियुक्त गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।
विरिष्ठ फिजिसियन डा.लामो समयदेखि प्रदेशिक अस्पतालमा कार्यरत छन् । डा. थापा कोरोना महामारीको फोकल पर्सनको रूपमा काम गरेका थिए ।
त्यस्तै जिल्ला अस्पताल पाल्पामा कार्यरत डा.विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पतालमा सरूवा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा.इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरूवा गरको सरकारका प्रवक्ता आचार्यले बताए ।