लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कूलप्रसाद केसी नियुक्त

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
1029 shares

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा माओवादी केन्द्रको नेता कूल प्रसाद केसी नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो केसीलाई मिलिजुली सरकारको प्रदेशको मुख्यमन्त्रीमा निुयक्त गरेका हुन् ।

केसीलाई प्रदेशसभाका कांग्रेस सहितको चार दलीय गठबन्धन र सुर्य चिन्ह्रबाट निर्वाचित अजय शाही सहित ४२ सांसदको समर्थन रहेको छ । संविधानको धारा १६८ ९२० बमोजिम लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् ।

रोल्पा क्षेत्र नं १ ९१० बाट प्रत्यक्ष निर्वाचित केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तारिक मामिला तथा कानून मन्त्री बनेका थिए । माओवादी केन्द्र र एमाले अलग–अलग पुवत अवस्थामा फर्काएपछि उनले वैशाख ६ गते राजीनामा दिएर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।