निःशुल्क पाठेघर जाँच शिविरमा ३ सय ७० जनाले लिए सेवा

मेचीकाली संवाददाता

५ जेष्ठ २०८०, शुक्रबार
239 shares

सुनिल आचार्य

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको वडा नं. ५ र ६ मा निःशुल्क पाठेघर जाँच शिविर संचालन सम्पन्न भएको छ । जेठ २ गते देखि ४ गते सम्म संचालन गरिएको निशुल्क शिविरमा ३ सय ७० जना महिलाहरुले सेवा लिएका छन् । नगरपालिकाको वडा नं. ६ को महुँवा र ५ को राजुपुरमा बुद्धभूमि नगरपालिकाले आयोजना गरेको शिविरमा महिलाहरुको स्वास्थ्य जाँच , उपचार तथा प्रजजन कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम कपिलवस्तु अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. प्रशम्सा गुरुङ र डा. सबिना खाँको चिकित्सक टोलि र बुद्धभुमी नगपालिकाका स्वास्थ्यकर्मीको टोलिले महिलाको स्वास्थ्य चेक जाँच तथा उपचार गरेको थियो ।

शिविरमा पाठेघर खस्ने समस्या भएकोलाई रिङ्ग राख्ने , यौन रोगको उपचार क्यान्सर पत्ता लगाउने ख्क्ष्ब् जाच , बाँझोपनको लागि दम्पतिलाई निशुल्क औषधि वितरण गरिएको स्वास्थ शाखा अधिकृत गोकर्ण अर्यालले बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले रोगबाट कुनै पनि नागरिकहरुले बिभिन्न समस्याहरु भोग्न नपरोस र समयमा नै रोगका पहिचान हुन सके समयमा नै उपचारमा सहज होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरि निशुल्क स्वास्थ सेवा दिईएको बताउनु भयो । रोगलाई लुकाएर नबस्न आग्रह गर्दै आगामी बर्षहरुमा समेत स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखि रोगको पहिचान गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा नं ५ मा रोम बहादुर थापाको अध्यक्षतामा र वडा नं. ६ मा एनेन्द्र प्रसाद कुर्मीको अध्यक्षता तथा स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालको सहजीकरणमा सम्पन्न भएको थियो । सेवाग्रहीहरुले निशुल्क स्वास्थ्य जाँच तथा उपचार पाएपछि खुशी व्यक्त गरेका छन् ।