छाला रोगसम्बन्धी शिविर सम्पन्न

मेचीकाली संवाददाता

२१ जेष्ठ २०८०, आईतवार
171 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ७ मा वृहत छाला रोगसम्बन्धी शिविर सम्पन्न भएको छ । बिजयनगर गाउँपालिका र गणेशपुर स्वास्थ्य चौकीको आयोजना, स्वास्थ्य कार्यालय कपिलवस्तुको समव्यय र आनन्दवन अस्पताल ललितपर FAIR MED को प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको स्वास्थ्य चौकी प्रमुख गौतम रायले जानकारी दिए ।

कुष्ठरोगको पहिचान र सुधारमुखी अभियानका लागि उक्त शिविर सञ्चालन गरिएको र कुष्ठ रोग छालाको माध्यमबाट लाग्ने समेत शिविरमा बताइएको थियो ।

आनन्दवन अस्पतालका डा.महेश शाह, अर्जुन कार्की, भवन महत, फर्मासिस भुवन खुलाल सुदर्शन कोदार, दिप्कु कुमार बेगदी, गौतम राय लगायतले बिरामीहरुलाई चेकजाँच गरी निःशुल्क औषधी प्रदान गरेका थिए । उक्त शिविरमा १६४ जनाले सेवा लिएका थिए ।

कार्यक्रम बिजयनगर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष एवं गणेशपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता बिजयनगर स्वास्थ्य संयोजक यज्ञप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र गणेशपुर स्वास्थ्य चौकी प्रमुख गौतम रायको संचालनमा सम्पन्न भएको थियो ।