जिल्ला अस्पताल पाल्पामा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या

मेचीकाली संवाददाता

२५ जेष्ठ २०८०, बिहीबार
254 shares

सुनिल आचार्य
कपिलवस्तु, जेठ २५ । जिल्ला अस्पताल पाल्पामा दक्ष जनशक्तिको अभावका कारण बिरामीहरुलाई सहज रुपमा सेवा दिन कठिनाई भएको छ । १७ जनाको दरबन्दी भएको अस्पतालमा हाल ३ जना डाक्टरले बिरामीहरुलाई सेवा दिनुपर्दा छिटोछरिटो सेवा दिन नसकिएको जिल्ला अस्पताल पाल्पाका प्रमुख डा. बिबेक भण्डारीले बताए । ‘धेरै बिरामीहरु ओपीडिमा आउने हुँदा तिनै जना मेडिकल अफिसरहरुले पहिलो प्राथमिकता ओपिडिमा नै दिएर सेवाहरु दिंदै आईरहेका छौं’, उनले भने ।

अस्पतालमा एचडियू सेवा संचालन भएको छ जिल्ला अस्पताल पाल्पाले ०७९ माघ देखि ५ बेडको एचडियू संचालन गरि तालिम प्राप्त जनशक्तिद्वारा सेवा दिंदै आएको छ । उक्त सेवा गम्भिर प्रकारका बिरामीहरुलाई मात्र निशुल्क रुपमा दिंदैं आएको छ । सेवा संचालन भएपछि हाल सम्म अर्थात ०७९ माघ देखि ०८० जेठ २५ गते सम्म १ सय १० जना बिरामीहरुले सेवा लिएको डा. भण्डारीले बताए ।

यस्तै एउटा ओपीडि सेवा बिहान ८ बजेदेखि र दुई वटा ओपिडि १० बजेदेखि शुरु गरि सेवा दिंदै आएको छ । सुगरका बिरामीहरुका लागि दैनिक बिहान ८ बजे देखि नै रगत संकलन गरि जाँच गर्दै आएको छ । सुगर जाँचको शुल्क एकदमै न्यून लिने गरिएको अस्पतालले जनाएको छ ।
ओटी सेवा जतिसक्यो छिटो संचालनमा ल्याउने तयारी रहेको छ । अस्पतालमा भिड तथा लाईन ब्यवस्थापन गर्न टोकन मेसिन सञ्चालनमा ल्याईनुका साथै ब्यवस्थापन गर्नकालागि कर्मचारीलाई थप जिम्मेवारी दिईएको छ । सिईओएनसी सर्भिस सेवाका लागि ओटी संचालन गर्ने तयारीका लागि स्वास्थ्य मन्त्रालयमा पहल गरिएको प्रमुख डा. भण्डारीले बताए ।

साथै अस्पतालको फार्मेसी ल्यावलाई बलियो बनाउनका लागि बजेट माग गरिएको छ । ल्यावलाई मजबुद बनाउन सकियो भने मुटु रोगका बिरामीहरुको जाँच, ग्याष्टिक अल्सर लगायतका बिरामीहरुको जाँच गर्न सहज हुने डा. भण्डारीले जानकारी दिए । अस्पतालमा आमा सुरक्षा कार्यक्रम गर्भवती जाँच, डेलिभरी संचालन छ तर अस्पतालमा ओटि (अप्रेसन) सेवा संचालन नभएको हुँदा डेलिभरी गराउनेको संख्या भने कमी रहेको छ ।

अस्पतालमा ८० देखि ९० प्रतिशत नागरिकहरुले स्वास्थ्य बिमाबाट उपचार सेवा लिईरहेका छन् । अस्पतालका अनुसार पाल्पामा स्वास्थ्य बिमा प्रभावकारी रहेको बताईएको छ । रु.३ हजार ५ सय रुपैंयामा स्वास्थ्य बिमा गरेका बिमितका परिवारका ५ जनाले रु. १ लाख रुपैंया सम्मको उपचार गर्न पाउने प्रावधान रहेको छ ।

यसैगरी स्वास्थ्य बिमा गरेका बिरामीहरुलागि ९० प्रतिशत औषधीहरु अस्पतालमा उपलब्ध हुनुका साथै र २४ सै घण्टा ल्याव संचालन भएको हुँदा बिमितका बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेका छन् । अन्य स्थानको तुलनामा भन्दा यस पाल्पा अस्पतालमा बिमा कार्यक्रम लागू भैसकेपछि बिमितहरुले औषधी राम्रो पाईरहेको अस्पतालले जनाएको छ । ओपीडिमा दैनिक ३ सय देखि ४ सय सम्मको हाराहारीमा अस्पतालले बिरामीहरुलाई सेवा दिंदै आएको छ । धेरैजसो बिरामीहरु सुगर, प्रेसर, दम, हाड्जोर्नी सम्बन्धि, ज्वरो र झाडापखाला लगाएचका बिरामीहरु बढी आउने गर्छन् ।

यकातिर नेपाल सरकारले संचालनमा ल्याएको स्वास्थ्य बिमाबाट सेवा ग्राहीहरुले सेवा लिन पाउँदा खुशी व्यक्त गरेका छन् । भने अर्को तर्फ सरकारले दिएको बिमा सेवा जुनसुकै जिल्ला अर्थात सरकारी अस्पताल देखि सहज रुपमा सेवा लिन नपाउनु दुःखको बिषय भएको भन्दै गुनासो गरेको छन् । बिमाले तोकिएको अस्पतालमा भन्दा अन्य अस्पतालमा सेवा सहज रुपमा नदिंदा सिरियस बिरामीहरुको ज्यान खतरामा रहने अस्पतालमा आएका बिरामीका कुरुवाहरुको भनाई छ ।
यसैगरी जिल्ला अस्पताल पाल्पाले २४घण्टे सेवाहरु बिस्तार गरि अस्पतालले आकस्मिक तथा अन्तरंग सेवाका अतिरिक्त आकास्मिक बिरामीका लागि फार्मेसी, प्रयोगशाला, एक्सरे तथा काउन्टर, अनलाईन बिलिङ सेवा सञ्चालनमा छन् । बिशिष्ट सेवा कक्ष, बिशेषज्ञ सहितको सेटेलाईट क्लिनिक सेवा सञ्चालनमा छ ।

यसैगरी फोहोर व्यवस्थापन तथा सरसफाई कार्यक्रम युएनडीपीको सहयोगमा संचालन गर्दै आएको अस्पतालले जनाएको छ । २४ सै घण्टा आकस्मिक बिरामीकालागि आकास्मिक सेवा, एम्बुलेन्स सेवा, अन्तरङ सेवा, प्रयोगशाला, फार्मेशी नाम दर्ता र एक्सरे तथा ओपिडि, आँखा सम्बन्धि चेकजाँच, दन्त सेवा, दिदै आएको छ ।
यस्तै ओसिएमसी सेवा, आमा सुरक्षा कार्यक्रम अन्तरगर्तका सेवाहरु, सुरक्षित गर्भपतन सेवा, परिवारनियोजन, नियमित गर्भवती चेकजाँच, नियमित खोप, एन्टीरेबिज, मेडिकोलिगल सेवा प्रदान गर्दै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।