नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्न चुनौती उत्तिकै छः प्रदेश सांसद पाण्डेय

मेचीकाली संवाददाता

१३ असार २०८०, बुधबार
252 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिका पूर्ण साक्षर घोषणा भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कपिलवस्तु नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद सुधाकर पाण्डेयले कपिलवस्तु नगरपालिकाको अथक प्रयास पश्चात नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्न सफल भए पनि चुनौती उत्तिकै रहेको बताउनु भयो । कपिलवस्तु नगरपालिकाले आयोजना गरेको साक्षर घोषणा कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी प्रदेश सांसद पाण्डेयले सो कुरा बताउनु भएको हो ।

नगरपालिका साक्षर घोषणा भएर मात्र हुँदैन नगरपालिका भित्र बसोवास गर्ने सम्पूर्ण नागरिक शिक्षित हुन सके साक्षर घोषणाको सार्थकता हुने बताउनु भयो । पढ्न लेख्न नजानेका नागरिकहरुलाई साक्षर बनाउँदै गाउँबस्तिहरुका नागरिकहरुले लेखिएका शब्दहरु राम्रोसंग पढेर, बुझेर मात्र सहि गर्न सके कुनै पनि अप्ठ्यारोमा पर्न नसक्ने भएको बताउँदै यस बिषयमा शिक्षक शिक्षिकाले बिशेष ध्यान दिनुपर्नेमा जोडदिनु भयो । आफू यसैक्षेत्रको सांसद भएको कारण शैक्षिक क्षेत्रको गुणस्तरलाई बृद्धिगर्न नगरपालिकाका बिभिन्न बिद्यालयमा बजेट बिनियोन गरिएको बताउनु भयो । शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोज भएको सांसद पाण्डेयले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये कपिलवस्तु जिल्लालाई साक्षर घोषणा गर्न ठुलो चुनौती रहेको बताउनु भयो । ११ जिल्लाहरु साक्षर घोषणा हुँदा कपिलवस्तु जिल्ला पछाडी पर्नु लज्जास्पद भएको छ । कपिलवस्तु नगरपालिकालाई साक्षर घोषणा गर्न सफल हुनु आफैमा महत्वपूण छ ।

भने साक्षर घोषणा पछि साक्षरलाई टिकाउन गाह्रो हुने भएको हुँदा नगरपालिकाका सम्पूर्ण शिक्षक शिक्षिकाहरु सक्रिय रुपमा लाग्न जरुरी देखिएको बताउनु भयो । यसै असार मसान्त भित्र जिल्लालाई पूर्ण साक्षर घोषणा गर्नुपर्ने भएको हुँदा सबैको अहम भूमिका रहने प्रमुख आचार्यको भनाई छ ।

कार्यक्रमका बिशिष्ट अतिथी सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले साक्षर घोषणाको शुभकामना दिंदै शिक्षाको गुणस्तरलाई बृद्धि गर्न गुणात्मक शिक्षालाई प्राथमिकता दिनुपनेमा जोड दिनु भयो । प्रबृधि अनुसारको शिक्षाको व्यवस्था र स्वरोजगार र संस्कृतिको संरक्षण गर्न नगरपालिकाले प्रयास गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

यस्तै वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले नगरपालिकालाई साक्षर घोषणा गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो । शिक्षा मानव जिवनकोलागि महत्वपूर्ण बिषय भएको हुँदा समय समयमा अनुगमन गरी शिक्षाको अवस्थाबारे बुझ्न आवश्यक भएको बताउनु भयो । यस ऐतिहासिक नगरपालिका भएको हुँदा आगामी दिनमा शिक्षा , स्वास्थ्य संगसंगै बिकासका कार्यहरुलाई प्राथमिकतामा राखिएको अध्यक्ष गैरेको भनाई छ ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले लुम्बिनी प्रदेश साक्षर घोषणा छिट्टै हुने बताउनु भयो । जिल्लाका दश स्थानियतहहरु मध्ये मायाँदेवी गाउँपालिका , यशोधरा गाउँपालिका , कृष्णनगर नगरपालिका साक्षर हुनबाँकी छन् । यीनी तिन पालिका साक्षर घोषणा हुने बित्तिकै जिल्ला साक्षर घोषणा गर्ने र प्रदेशलाई जानकारी गराउने बताउँदै यसै आर्थिक बर्ष भित्र जिल्ला लगाएत प्रदेशलाई घोषणा गर्ने भएको हुँदा साक्षर घोषणा गर्न सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

गैर सरकारी महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेयले नगरपालिका साक्षर घोषणाको शुभकामना दिंदै जिल्ला साक्षर घोषणाका लागि संघको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

कपिलवस्तु नगरपालिकाको साक्षर नगर घोषणा प्रतिबेदन २०८० र प्रतिबेदन घोषणाको औचित्यको बिषयमा कपिलवस्तु नगरपालिकाका उप सचिव हरि प्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । जनगणना २०७८ को तथ्यांक अनुसार सक्रिय जनसंख्या ५२ हजार २ सय २० जना रहेको र जसमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका पुरुष २५ हजार ९३ जना र महिला २७ हजार १ सय २७ जनाले नेपाल सरकारले निर्धारण गरेको साक्षरताका लागि १२ वटा सूचक मध्ये ५० प्रतिशत भन्दा बढी सूचकहरु पुरा गर्न सक्ष्म देखिन्छ । नगर साक्षर अभियान समितीले १२ वटा वडाको साक्षरता स्तिथी बिश्लेषण गर्न ९५ प्रतिशत भन्दा बढी नगरवासीहरुले साक्षरताका न्यूनतम मापदण्डहरु पुरा गरी यस नगरपालिकालाई साक्षरनगर घोषणा गरिएको हो ।

कार्यक्रम कपिलवस्तु नगरपालिका सामाजिक बिकास संयोजक दिरेप कुमार चौधरीको अध्यक्षतामा शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीको स्वागत तथा शिक्षा अधिकृत युवराज भुषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकालाई साक्षर बनाउने अभियानमा कार्यक्रमहरु संचालन गरी अभियान सफलपार्न कार्यक्रममा सहयोग गर्ने नगर पूर्व प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, बर्तमान वडा अध्यक्षहरु, पूर्व श्रोत व्यक्ती , शिक्षा शाखा प्रमुख, सामाजिक बिकास शाखा प्रमुख, गैर सरकारी महासंघ, बिभिन्न संघसंस्थाहरु र पत्रकार महासंघलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, बिभिन्न शाखा प्रमुखहरु, बिद्यालयका प्रधानाध्यापकहरु लगाएतको सहभागिता रहेको थियो । जिवनमा शिक्षा नै ठुलो छ, शिक्षा नभए जिवन अन्धकार छ त्यसकारण शिक्षामा जोड दिउँ ।