सियारीमा स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण

मेचीकाली संवाददाता

३१ श्रावण २०७८, आईतवार
856 shares


तुलसीराम पौडेल
सियारी, श्रावण ३१
रुपन्देहिको सियारी गाउपालिकामा पालिकास्तरीय परीचयात्मक कार्यक्रम तथा स्वास्थ्यचौकिको न्युनतम सेवा मापदण्ड सम्बन्धी अभिमुकरण कार्यक्रम सम्पन्न भयो ।स्वास्थ्यको लागि सक्षम प्रणाली रुपन्देहिको आयोजनामा तथा सियारी गाउपालिको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको बारेमा जानकारी एवम् पालिका स्तरीय स्वास्थ्य प्रणाली र सस्थागत क्षमताको लेखाजोखा गर्ने उद्देशले सो कार्यकमको आयोजना गरिएको हो।अभिमुखिकरण कार्यकममा स्वास्थ्यप्रणालि सुधार कार्यकम रुपन्देहिका सिनियर प्राविधिक अधिकृत रोशन अधिकारीले कार्यक्रमको बारेमा जानकारी एवम् प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सियारी पालिका अन्तरगतका स्वास्थ्यप्रणाली र सस्थागत क्षमताको लेखाजोखा गरियो । साथै नेपाल सरकारको निर्देशिका बमोजिम न्युनतम सेवा मापदण्ड सम्बन्धी पालिकास्तरीय गुणस्तर सुधार समितिको गठन र अभिमुखिकरण गरिएको थियो।
गाउपलिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराको अध्यक्षता , गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अ्मृता गुरुङको बिशिस्ट आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख बुद्दि बहादुर घर्तीको स्वागत मन्तव्य रहेको कार्यकमको सन्चालन महिला बालबालिका तथा परिवार नियोजन प्राविधिक अधिकृत सरस्वती घिमिरेले गर्नुभएको थियो।