सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै स्वास्थ्य जाँच

मेचीकाली संवाददाता

३२ श्रावण २०७८, सोमबार
786 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य जाँच र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ बिमा तथा कोरोनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

वडाको बनगाई सामुदायिक सिकाइ केन्द्र, मौवारी गोपालपुर, भुजौली वडा कार्यालयको सभाहल, कोलुवा, समयदेवीआधारभूत विद्यालयलगायतका वृद्धाहरुको घरघरमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य जाँच र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ बिमा तथा कोरोनासम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी, टोल विकास प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा सो कार्यक्रम भएको थियो । २०७७÷७८ मा सामाजिक सुरक्षा भत्ताको ४ सय २८ जनामध्ये ३ सय ५३ जना वृद्धवृद्धाहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण र स्वास्थ्य जाँच गरिएको थियो । एक सय ५९ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएकामध्ये ३ सय ५३ जना वृद्धाहरूको सामाजिक सुरक्षा भत्ताको नवीकरण गरिएको शुद्धोधन गाउँपालिका २ का वडा सचिव हरीप्रसाद पोख्रेलले बताए ।

कार्यक्रममा शुद्धोधन २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले वडामा रहेका हरेक टोलका बृद्ध अवस्थामा रहेका बृद्धाहरुलाई घरघरमा गई सेवा प्रदान गरिएकोमा यस वडा कार्यालयले महत्वपूर्ण भूमिका निभाएको कार्यक्रमलाई वडा कार्यालयले मात्रै नभई गाउँपालिकाले गाउँपालिकाको सबै वडामा लागू गरी निरन्तरताको आवश्यक रहेको बताए ।