कपिलवस्तुमा औषधी पसलहरुको अनुगमन, म्याद सकिएका औषधी बरामत

मेचीकाली संवाददाता

१० श्रावण २०८०, बुधबार
681 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले औषधी पसलहरुको अनुगमन निरिक्षण गरेको छ । गृह मन्त्रालयको परिपत्र बमोजिम जिल्लाहरुमा एकैदिन अनुगमन निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको नेतृत्वमा गत सोमबार अनुगमन गरिएको हो । कपिलवस्तु नगरपालिकाका ४, मायाँदेवी गाउँपालिकाका ४ वटा र शुद्धोधन गाउँपालिकामा १ गरि जम्मा ९ वटा औषधी पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधी नेपालमा दर्ता नभएको तथ्यांक अनुमती बिना बिक्रिकालागि राखिएका औषधी अनुगमन टोलिले फेला पारेको हो । त्यस्ता औषधी आवश्यक मुचुल्का गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा ल्याईएको छ । हाल त्यस्ता प्रबृतिका औषधीको अन्दाजी मूल्य रु. १५ हजार रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिनिधि मुलक रुपमा गरिएको संयुक्त अनुगमन निरिक्षणमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट नासु बाबुराम शर्मा, खाद्य प्रतिनिधि तथा नियन्त्रण कार्यालयका प्रमुख रमेश दाहाल , स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तव, जिल्ला अस्पताल तौलिहवाका फार्मेशी अधिकृत बिरेन्द्र गुप्ता र जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गोपाल रायमाझीको रोहवरमा अनुगमन भएको थियो ।

अनुगमन टोलिले एक पसलमा ताला लगाईएको २ वटा पसल बन्द गर्न निर्देशन दिईएको छ सबैलाई आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा हाजिर हुन निर्देशन दिईएको छ । अटेरी गर्ने मेडिकलहरुलाई तत्काल कडा कारवाहीको प्रक्रिया अगाडी बढाईने अनुगमन टोलिका संयोजक बाबुराम शर्माले जानकारी दिनु भयो । उक्त पसलहरु आवश्यक छानविन पछि मात्र संचालन गर्न दिने वा नदिने सम्बन्धमा निर्णय हुने समेत शर्माले जानकारी दिनु भयो ।

जिल्लामा विना दर्ता संचालन भईरहेका तथा अनुमतिको सिमा नाघेर औषधी बिक्रि वितरण गर्ने , खरिद बिक्रि विल नरहेका तथा बिरामीसंग चर्को रकम असुल गरेको भन्ने आम नागरिकको गुनासो आएको थियो । यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउने गरी अनुगमन गर्ने श्रोतको दावी छ । कपिलवस्तु जिल्लामा केही समय देखि बजार अनुगमन लाई तिब्रता दिईएको छ । उक्त कार्यबाट जनताले राहत महसुस गरेका छन्