

दुवै हात चलाउन नमिल्ने, बोल्न नसक्ने तर सुन्न राम्रोसँग सक्ने फरक क्षमता भएका याम खाम्चा गोडाले ल्यापटप चलाउँदै । खाम्चाले गोडाले ल्यापटप तथा मोबाइलमा विभिन्न लेख रचना लेख्ने, इन्टरनेट चलाउने, आफूले लेखेका विभिन्न लेख रचना सामाजिक सञ्जालमा पोष्ट गर्छन् । उनले पाल्पाको निस्दी गाउँपालिका–२ स्थित बालहित माविबाट गोडाले लेखेर कक्षा ११ को परीक्षा पनि दिएका छन् । तस्बिरः सुशीला रेग्मी/रासस