आफ्नै घर आँगनमा नाच फररमा राजेश हमालको नृत्य

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
395 shares

केही वर्षयता फिल्ममा काम नगरेका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा भने बेलाबेलामा देखिरहेका हुन्छन् ।

पछिल्लो समय उनले एउटा तीज गीतमा काम गरेका छन् । राजेशको नृत्य रहेको ‘आफ्नै घर आँगनमा नाच फरर’बोलको गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।

यो गीतमा गायक डेभिड शंकर र गायिका भावना आचार्यको स्वर छ । गीतको शब्द एवं संगीत गायिका भावनाकै हो भिडियोमा अभिनेता राजेशले मोडल मन्जु थापासँग कम्मर मर्काएका छन् ।

यस भिडियोलाई देवेन्द्र पाण्डेले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । उनी राजेश निकट निर्देशक मानिन्छन् । उत्सव दाहालको छायांकन रहेको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

राजेशले महँगो पारिश्रमिक लिएर यस गीतमा अभिनय गरेको बुझिएको छ ।