रूपन्देहीमा थपिए ५२ जना संक्रमित

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
531 shares

बुटवल । रूपन्देहीमा मंगलबार ५२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार १ एक ९३ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा ४१३ जना नयाँ संक्रमित पुगेका छन् ।

थपिएका संक्रमितमध्ये बुटवलका २३ जना, सिद्धार्थ नगरपालिकाका ३ जना, तिलोत्तमाका १६ जना, देवदहका १ जना, सियारीका २ जना, सैनामैनाका ४ जना, ओमसतियाका १ जना र शुद्धोधनमा १ जना थपिएका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २९ हजार ९८१ पुगेको छ ।