चट्याङ लागेर किशोरको ज्यान गयो

मेचीकाली संवाददाता

११ असार २०७८, शुक्रबार
398 shares

स्याङ्जा, असार ११ । चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको बिहान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार घरमा सुतिरहेको बेला बिहान परेको चट्याङले लाग्दा रोहितको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मोबाइल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको छ ।