बाणगंगा खानेपानी समितिले बनायो पिपरामा सार्वजनिक शौचालय

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
734 shares

पार्बती आचार्य
कपिलवस्तु । उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सार्वजनिक शौचालय निर्माण गरेको छ । संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलको सहयोगमा बाणगंगा नगरपालिकामा स्थापित खानेपानी समितिले यस ठाउँमा मानिसको आवतजावतलाई मध्यनजर गर्दै सार्वजनिक शौचालय उद्घाटन गरेको हो ।

बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने कार्यलाई निरन्तरता दिंदै शौचालय स्थापना गरेको समितिका अध्यक्ष विश्व कार्कीले बताए । राजमार्गमा गुड्ने सवारी साधनका यात्रु, पिपरा आवतजावत गर्ने सर्वसााधारणको चापलाई मध्यनजर गर्दै समितिको निर्णयबाट शौचालय सचालन गरेको अध्यक्ष कार्कीले जानकारी दिए । आयोजनाको ३ लाख ८५ हजार आर्थिक सहयोग रहेको उक्त सार्वजनिक शौचालय निर्माण कार्यमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलका आयोजना प्रमुख बासु पौडेलले शौचालयले यस क्षेत्रका स्थानीयलाई लाभ मिल्ने विश्वास व्यक्त गरे । पौडेलले बाणगंगा खानेपानी समितिले गरेको कार्य उदाहरणिय रहेको भन्दै आगामि दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै वडा नंं.२ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सार्वजनिक शौचालयले यस क्षेत्रको सरसफाईमा विशेष भुमिका खेल्ने भन्दै संरक्षण गर्ने दायित्व जनप्रतिनिधिको रहेको बताए ।

उद्घाटन कार्यक्रममा आयोजनका ईन्जिनियर उत्सव पोख्रेल, समितिका पुर्व अध्यक्ष अमर बहादुर थापा, वडा सदस्य टिका अधिकारी, हिमलाल घिमिरे, रामशरण थारु, बिमला परियार, वडा सचिव नरेन्द्र पोख्रेल, ससश्त्र प्रहरी निरिक्षक तेजराज शर्मा, पञ्च आधारभुत विद्यालयका प्रधानाध्यापक जगतराज रेग्मी, नेपाली कांग्रेस प्रतिनिधि कविराज ज्ञवाली, माओवादी केन्द्र प्रतिनिधि गंगाराम थारु, समाजसेवी पुर्णचन्द्र परियार लगायतको आतिथ्यता रहेको थियो । भने खानेपानी समितिका सह सचिव हिमलाल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।