कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दिएको रिट न्यायाधीश रेग्मी इजलासमा

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
582 shares

काठमाडौं । विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदैछ ।

उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ । आफैंलाई गैरकानूनी ढंगले हटाइएकाले पुनर्बहाली गर्न माग गर्दै शाक्यले सोमवार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

शाक्यलाई हटाएर सरकारले साउन २५ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको थियो । कुलमानको नियुक्तिविरुद्धको रिट न्यायाधीश रेग्मीको एकल इजलासको दशौं नम्बरमा छ ।