‘परदेशी २’ को ट्रेलर सार्वजनिक (भिडियो)

मेचीकाली संवाददाता

१९ आश्विन २०८०, शुक्रबार
364 shares

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथा, द्वन्द्व र चरित्र चित्रणलाई लिएर महत्वपूर्ण खुलासा गर्छ ।

ट्रेलरमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङ चित्रित छन् । धन कमाउन अमेरिका भासिएको प्रकाशको पात्रमार्फत ट्रेलर सुरु हुन्छ । न्युयोर्क पुगेको उक्त पात्र वृद्ध बुवाआमा र बाटो हेर्दै बसेकी मायालुलाई भेट्न फर्किन्छ या फर्कंदैन ? ट्रेलरले धेरै कुरा बताउँछ ।

प्रशान्त तामाङ ‘परदेशी २’ मा पनि लाहुरेको भूमिकामा छन् । घर बिदामा फर्किएका प्रशान्तको पात्रको विवाह केकी अधिकारीसँग हुन्छ । अर्कोतर्फ, प्रकाश र केकीबीचको रोमान्टिक सम्बन्ध पनि दर्शाइएको छ । अमेरिकामा प्रकाश र वर्षाको पात्रको सानिध्यता पनि देखाइएको छ ।

निर्देशकले परदेशिएको चरित्रले कसरी सम्बन्ध बन्छन् र भत्कन्छन् भन्ने दर्शाउन खोजेका छन् । बुढा बाआमालाई घरमै छाडेर जाँदा कसरी पारिवार विखण्डित छन् भन्ने पनि देखाइएको छ । निर्देशक नारायण रायमाझीले ‘गोर्खापल्टन’ र ‘परदेशी’को मनोविज्ञान र संरचनामा यो फिल्म बनाएको बुझ्न सकिन्छ ।

रमेश बीजीको पटकथा रहेको फिल्मलाई राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् । चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

https://youtube.com/watch?v=hTzGegZ9JaU%3Ffeature%3Doembed