तीन दिनदेखी बेपत्ता महिलाको शब फेला

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
492 shares
सांकेतिक तस्विर

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ दोगानाकी ३ दिन देखि बेपत्ता भएकी सीता अधिकारीको शब फेला परेको छ ।

अधिकारीको शब सोमबार बिहान ९ बजे शुद्धोधन ३ स्थित खनाल इट्ट उद्योग नजिकै सियारी खोलामा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दयानगरका प्रहरी प्रमुख शोभा पाण्डेले जानकारी दिइन् ।

बेपत्ता भएको जानकारी पाएपछि आफन्त र प्रहरीले खोजी कार्य सुरु गरेका थिए । शब फेला परेपछि पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय भैरहवा पठाइएको पाण्डेले बताइन् । मृतक अधिकारी विगत दुई वर्षदेखि मानसिक अस्वस्थ रहि उपचार गराइरहेको छिमेकीहरुले बताएका छन् ।