लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीद्वारा निःशुल्क सुगर परीक्षण

मेचीकाली संवाददाता

२५ पुष २०८०, बुधबार
119 shares

भैरहवा, । लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको आयोजनामा बुधबारदेखि भैरहवामा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर सुरु भएको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको लायन्स भैरहवा ग्रीनसिटीका कोषाध्यक्ष हेमन्त जोसीले बताए । कार्यक्रम संयोजक अनुप बर्माले शिविर २८ गतेसम्म बिहानदेखि साँझसम्म संस्थापक मेल्बिन्स जोन्सको जन्मदिनसम्म सञ्चालन हुने जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका–१३ बैंक रोड राष्ट्र बंैक अगाडी (भैरहवा) स्थित गुड हेल्थ फार्मेसीको सहयोगमा सहयोग शिविर सञ्चालन हुने कपिल चापागाईंले बताए । गुड हेल्थ फार्मेसीमा शिविर सञ्चालन गरिएको साँझ ५ बजेसम्म झन्दै ५०० जनाले सेवा लियको क्लबकी सदस्य सोभा गुरुङले जानकारी दिइन् ।

शिविरको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका एरिया–५ का एरिया चिफ सतिशकुमार कौसल (दीपक), ले सामाजिक छेत्रमा भैरहवा ग्रीन सिटी सदैव अगाडि रहेको विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए । कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका जोन चेयरपर्सन गोविन्दप्रसाद गिरीले पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएकोले जसरी भिजनको क्षेत्रमा एक शताब्दी लायन्सले लागानी गरेको र अबको दिनमा मधुमेहले बिकराल तथा भयावह अवस्था ल्याउन सक्ने अबस्थालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रमा पनि पुगेर जनचेतनामूलक कार्यक्रम गरिने बताए । उनले क्लबले गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिविरको उद्घाटन कार्यक्रममा क्लबकी सदस्य कोपिला खत्री, अमृता गुरुङ, अनिल थापा, पत्रकार प्रतीक पौडेललगायतको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीका अनुप बर्माको स्वागत तथा सचिव सन्जयकुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।