लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्धारा मणिग्राममा निःशुल्क सुगर परीक्षण शिविर

मेचीकाली संवाददाता

२७ पुष २०८०, शुक्रबार
190 shares

भैरहवा । लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको आयोजनामा शुक्रबार देखि तिलोत्तमाको मणिग्राम चोकमा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर सुरु भएको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४५औं जन्मोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको लायन्स तिलोत्तमा स्टार्सका मेम्बरसीप ग्रोथचियर प्रसन मधु गैरेले बताए । कार्यक्रम संयोजक मिना बस्याल खरेलले आफ्नो सुभकामना मन्तव्य दिदै शुक्रबार र शनिवार पनि कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी दिइन्।

लायन्स इन्टरनेसनल फाउन्डेसनको सहयोग तथा तिलोत्तमा हाइ टेक ल्याबको सहकार्य सहयोगमा शिविर सञ्चालन हुने क्लबकी संस्थापक अध्यक्ष लक्ष्मी थापाले जानकारी दिइन्। शिविरको समुद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका कार्यक्रमका प्रमुख अतिथि विशिष्ट जोन चेयरपर्सन गोविन्दप्रसाद गिरीले पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएकोले जसरी भिजनको छेत्रमा एक शताब्दी लायन्सले लागानी गरेको र अबको दिनमा मधुमेहले बिकराल तथा भयाबक अवस्था ल्याउन सक्ने अबस्थालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रमा पनि पुगेर जनचेतनामूलक कार्यक्रम गरिने बताए।

क्लबका एक्स्टेन्स चियरप्रसन समेत रहेका प्रमुख अतिथी गिरिले क्लब स्थापना पश्चात् सहयोगी हातहरु फैलियका दिन दुखीको सहयोगमा क्लब खटिदा खुसी व्यक्त गर्दै उनले क्लबले गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शिविरको उद्घाटन कार्यक्रममा तिलोत्तमा हाइ टेक ल्याबका संचालक प्रबिन साह ,लायन्स क्लब अफ सन स्टार्सका अध्यक्ष लक्ष्मन पन्थ,तिलोत्तमा स्टार्स क्लबकि सदस्य दिपा पान्डे गौतम, रन्ना रिजाल, पितामबर खनाल लगायरको उपस्थिती रहेको थियो । लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको सस्थापक अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता,मिना बस्याल खरेलको स्वागत तथा रमेस पराजुलिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसै वर्ष स्थापना भयको एरिया–५ मा रहेको लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले सक्रिय रुपमा सामाजिक छेत्रमा विभिन्न कार्यहरु गर्दै आइ रहेको छ। अन्तराष्ट्रिय सामाजिक क्षेत्रमा अग्रसर लायन्स क्लबका जन्मदाता मेलबिन जोन्स जन्मोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरेको हो ।