

बुटवल । सर्जक तथा निजामती कर्मचारी लक्ष्मण पाण्डेको ‘एकान्तमा आँशु खसाए’ सार्वजनिक भएको छ । पछिल्लो समयकी बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द तथा लय सर्जक तथा निजामती कर्मचारी लक्ष्मण पाण्डेको रहेको छ ।
मंगलबार सार्वजनिक म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल स्मारिका ढकाल र अनिल पौडेलले अभिनय गरेका छन् भने निर्देशन बिनोद भण्डारीले गरेका हुन् । करण चैसिरको छायांकनमा तयार पारिएको भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन् ।
‘लक्ष्मण पाण्डे’ युटुब च्यानलमा सार्वजनिक भएको भिडियो निकै उत्कृष्ट बनेको छ । गीतका शब्द तथा लय सर्जक पाण्डे रुपन्देहीको शुद्धोधन गाउँपालिकाका लेखा अधिकृत हुन् ।
भिडियो