पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
801 shares

बुटवल । अबिरल वर्षाका कारणले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध बनेको छ । सिदार्थ राजमार्गको बिभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

​सिद्बबाबा, सिसुवा, केराबारी, जरेपिपल, तल्लो डुम्रे लगायतका क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। त्यस्तै तानसेन–रिडी सडकखण्ड अन्तरगत तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले सडक अबरुद्ध भएको छ । प्रहरीका अनुसार सडक खुलाउने प्रयास सुरु भएपनि केहि समय लाग्ने छ ।