कृष्णनगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने

मेचीकाली संवाददाता

१८ श्रावण २०८१, शुक्रबार
1013 shares

बुटवल । कृष्णनगरमा स्व.वक्तवारीदेवी गोयल कल्याणकारी कोषले भैरहवा मेडिकल कलेजको समन्वयमा साउन १९ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कपिलवस्तुको कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

शनिबार बिहान साढे ९ बजेदेखि सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग, अल्ट्रा साउण्ड लगायतको परिक्षण तथा निःशुल्क उपचार साथै निःशुल्क औषधी वितरण समेत हुने ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले जानकारी दिए ।

यस शिविरमा उपस्थित भई दर्ता गराएका बिरामिले भदौ १७ गतेसम्म भैरहवा मेडिकल कलेजमा गएमा विभिन्न रोगको उपचारमा विशेष छुट तथा सहुलियत दरमा उपचार गर्ने अध्यक्ष गोयलले बताए । स्वास्थ्य शिविर साँझा ६ बजे सम्म सञ्चालन हुने छ ।