कोरोनाबाट ४५ लाख मानिसको मृत्यु, २१ करोड बढि संक्रमित

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
662 shares

काठमाडौं । विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट अहिलेसम्म संसारभर ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारसम्म ४५ लाख ८ हजार मानिसको मृत्यु भएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ । डेढ वर्षअघि चीनको वुहान प्रान्तबाट फैलिएको मानिएको कोभिडबाट अहिलेसम्म २१ करोड ६७ लाख ६६ हजार सात सय संक्रमित बनेकोमा १७ करोड ३६ लाख ९७ हजार जना उपचारपछि निको भएका छन् ।

कोभिडबाट सबैभन्दा धेरै अमेरिकीको ज्यान गएको छ । तीन करोड ६१ लाख संक्रमित अमेरिकीमध्ये ६ लाख ५४ हजार ३ सय ८१ को मृत्यु भएको छ ।

अमेरिकापछि ब्राजिलका मानिसको धेरै मृत्यु भएको छ । बाज्रिलमा कोभिडबाट सोमबारसम्म पाँच लाख ७९ हजारको मृत्यु भइसकेको छ । त्यहाँ दुई करोड ७२ लाख संक्रमित छन् । छिमेकी मुलुक भारत कोभिडका कारण सर्वाधिक मृत्यु हुने देशको तेस्रो सूचीमा परेको छ । भारतका तीन करोड २७ लाख संक्रमितमध्ये चार लाख ३८ हजारको मृत्यु भइसकेको छ ।

कोभिडविरुद्ध विकासोन्मुख देशमा खोप प्रक्रियालाई तीब्र दिएसँगै संक्रमण र मृत्यु हुनेको संख्या पनि क्रमिक रुपमा घटेको छ । अमेरिकाले यही सेप्टेम्बरदेखि कोभिडविरुद्ध तेस्रो खोप दिने तयारी गरेको छ । एजेन्सी