मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठ

मेचीकाली संवाददाता

९ भाद्र २०८१, आईतवार
652 shares

बुटवल, भदौं ९ । साधना सांस्कृतिक कला केन्द्र, बुटवलको आयोजनामा भएको मिस तिज अफ स्कूल सिजन फोरको उपाधि एपेक्स स्कूलकी नित्या श्रेष्ठले चुमेकी छिन । शनिबार भएको ग्राण्ड फिनालीमा सबैलाई पछाडि पार्दै श्रेष्ठले उपाधि चुमेकी हुन ।
त्यस्तै फस्ट रनरअप लुम्बिनी बोर्डिङ स्कूलकी एलसी खड्का र सेकेन्ड रनरअप ज्ञानगंगा पाठशालाकी सुहाना थापा भएकी छिन । त्यस्तै गरी उत्कृष्ट दर्शक छनौटमा कुँवरवर्ती बोर्डिङ स्कूलकी आस्ना थापा छानिएकी छिन । विजताहरुले क्रमस उपाधि चुमेकी श्रेष्ठले १५ हजार, फस्ट रनरअप र उत्कृष्ट दर्शक छनौटमा परका खड्का र थापाले १०÷१० हजार र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन ।
विजेताहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारीले पुरस्कार वितरण गरिन् । जिल्लाभरीबाट सहभागी ६५ जनाको अडिसनबाट २२ जना छनौट भएका थिए । विद्यार्थीको व्यक्तित्व विकास गर्दै आफूलाई निखार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अनु रजकले जानकारी दिए । अडिसनबाट छनौट भएकालाई १५ दिनको तालीमपछि फाइनल प्रतिष्पर्धामा भाग लिने बनाइएको कला केन्द्रका प्रबन्ध निर्देशक पिंयका थापाले जानकारी दिइन् । साधानाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यक्रमको सञ्चालन सुदीप ढकालले गरेका थिए ।