कपिलवस्तु अस्पतालमा अक्सिजन उत्पादन सुरु

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
524 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिन उत्पादन सुरु भएको छ । एक महिना अगाडी प्लान्ट जडान गरिएको थियो । अहिले परीक्षण उत्पादन सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट किशोर बन्जाडेले २ साताअघि नै नमुनाको रुपमा अीक्सजन उत्पादन सुरु भएको जानकारी दिए । केही समस्या आएकाले केही दिन रोकेर ३ दिन अघिदेखि अर्थात बिहिबार देखि परीक्षणका रुपमा उत्पादन सूरु गरिएको बताए ।

अबको केही दिनमानै प्लान्टबाट पूरा क्षमतामाअक्सिजन उत्पादन हुने उनले बताए । फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा मार्फत १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो । गत असार ८ गते कामको सम्झौता भई असार मसान्तसम्म काम सकाउने समय दिइएकोमा केही प्राविधिक कारणले समयमा कामहुन नसकेको मेसु बन्जाडेले बताए । ठेकेदार कम्पनीले सो मेशीन जडान जिसिजिसि रिसर्च एन्ड डेभलप्ममेन्टलाई जिम्मा दिएको थियो ।

कम्पनीका इन्जिनियर देबेन्द्र श्रेष्ठले प्लान्ट पूर्ण क्षमतामा चलेको खण्डमा प्रतिमिनेट ४ सय १६ लिटर अक्सिजन उत्पादन हुने बताए । चीनबाट ल्याइएको सो प्लान्टमा ट्रान्सफर्मर, कम्पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजीङ फिल्टर रहेको श्रेष्ठले बताए ।

‘अब जिल्लामै अक्सिजनको अभाव हुँदैन’ मेसु बन्जाडेले भने। अस्पतालमा सयभन्दा बढी सिलिन्डरसमेत छन् । कोरानाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । तेश्रो लहरमा भने जिल्लामा अब अक्सिजनको अभाव नहुने बन्जाडेको भनाई छ । प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई डेढ करोड रकम छुट्टाएको थियो ।