मुख स्वास्थ्यबारे सचेतना जगाउँदै आधुनिक समाज डेन्टल

मेचीकाली संवाददाता

१६ फाल्गुन २०८१, शुक्रबार
341 shares

बुटवल। दुई दशक अघिदेखि बुटवलमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयर प्रा.लिले दाँत, मुख, गिजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धि सचेतना अभियानलाई तीव्रता दिएको छ ।

मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित स्वास्थ्य जाँचको कमीका कारण मुखको क्यान्सर तथा अन्य दाँत र गिजासम्बन्धी रोगहरू बढिरहेको आधुनिक समाज डेन्टल केयर प्रालिका प्रवन्ध निर्देशक अमृत भुसालले बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय पाठेघरको मुखको क्यान्सर पछि मुखको क्यान्सरको जोखिम बढ्दै गएको र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको अवस्थामा बिभिन्न विद्यालय र समुदायस्तरमा दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।

मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी क्यान्सरका बिरामी सुर्ती तथा गुड्खाजन्य पदार्थ सेवनका कारण हुने गरेको प्रवन्ध निर्देशक भुसालले बताए । उनले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बच्न सकिने बताए । ‘शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिन जरुरी छ ।’ उनले भने, ‘अल्कोहल, सुर्तीजन्य पदार्थ र जंकफुडको प्रयोग कम गरी बिहान–बेलुका खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नेहो भने मात्रै पनि दाँत, मुख र गिजासम्बन्धि समस्या कम हुन्छ ।’ मुख स्वास्थ तथा दातको उपचार महँगो भएकोले रोग लाग्न नदिन उनले आग्रह गरे । राज्यले मुख स्वास्थ्यलाई पाठ्यक्रममा समावेश गरी बिद्यालय तहबाटै बालबालिकालाई सचेत गराउन जरुरी रहेको उनले बताए ।

आधुनिक समाज डेन्टल केयरले नाफाको ५ प्रतिशत रकम बिभिन्न सामाजिक उत्तरदायित्वको काममा खर्च गर्दै आएको अध्यक्ष ज्योती सापकोटाले बताइन् । चालु आर्थिक वर्षको हालसम्म मुख स्वास्थ्य सचेतना कार्यक्रममार्फत् ७९ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयका करिब २८ हजार विद्यार्थीलाई सेवा पदान गरेको उनले बताइन् । सोही अवधिमा २० वटा समुदायस्तरीय सचेतना तथा स्क्रिनिङ कार्यक्रम मार्फत करिब १ हजार ५०० जनालाई सेवा प्रदान गरेको उनले बताइन् ।
यस्तैगरी गत आर्थिक वर्ष रोटरी क्लब अफ लुम्बिनी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टारसँगको सहकार्यमा लुम्बिनी प्रदेशका १ लाख विद्यार्थीहरूलाई निःशुल्क मुख स्वास्थ्य सचेतना र स्क्रिनिङ सेवा प्रदान गरेको थियो । भने विभिन्न संघ संस्थासँगको सहकार्यमा ५० भन्दा बढी सामुदायिक सचेतना तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरीको थियो ।

दाँत, गिजा तथा मुखसम्बन्धि समस्या भएका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नै उद्देश्यसहित नयाँ ठाउँबाट सेवा सुरु भएको आधुनिक समाज डेन्टल केयरका योजना प्रमुख माधब सापकोटाले बताए । बुटवलको अस्पताल लाइनस्थित यसअघि राष्ट्रिय वाणिज्य बैंक भएको ठाउँबाट नयाँ व्यवस्थापनका साथ गुणस्तरीय सेवा सुरु भएको गरीएको उनले बताए । आधुनिक समाज डेन्टल केयरले सर्वसुलभ रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गरेर बिरामीको मन जित्न सफल भएको छ ।