

बुटवल । आउदो चैत ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र द्रौपदी को निर्माण टिम प्रचार प्रसारमा जुटेको छ । फिल्मको टेलर शुक्रबार सार्वजनिक भएको छ । ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन भएको चलचित्रका निर्देशक तथा कलाकार प्रकाश ज्ञवालीले जानकारी दिए । बहुप्रतिक्षित चार वर्ष लगाएर बनाएको कन्टेनमा फिल्म निर्माण भएको ज्ञवालीको भनाइ छ ।
‘चलचित्रको नाम द्रौपद्री नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो । यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’ चलचित्रले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक र नयाँ रहेको बताए । महिला संबेदनामा बनेको देखिने चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको संकेत गरेको छ ।
अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ । फिल्मका सबै नयाँ कलाकार हुन् । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाकंन गरेका छन् ।