

बुटवल । लायन्स क्ल अफ बुटबल देउरालीको आयोजनामा नयाँगाउँ माविमा आँखा शिविर सम्पन्न भउको छ ।
कार्यक्रमामा बोल्दै प्रमुख अतिथि पिएनजिएफ लायन्स बालराम भट्टराईले लायन्स क्लव अफ बुटवल देउरालीले आँखा शिविर जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । आँखाका बिरामी दैनिक रुपमा बहिरहेको अबस्थामा यस्ता शिविर आवश्यक रहेको उनले बताए । रोग सानो ठुलो नभनी सबैमा लाग्ने भएकाले नियमित चेकजाच गर्नुपर्नेमा उनले जोड दिए । बिद्यालयमा सन्चालन गरिने शिविरले जटिल रोग लाग्नबाट बच्नका महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । लायन्स क्लवहरु यस्ता सामाजिक कार्यमा निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष माधवराज पोखरेलले क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आँखा शिविर आयोजना गरएिको बताए । बालवालिकाहरुमा प्रत्येक दिन आँखा सम्वन्धीका रोगहरु बढ्दै गएको हुँदा सचेतना स्वरुप नयाँगाउँ माविमा आँखा शिविर सन्चालन गरिएको उनले बताए । उक्त शिविरमा ६ सय भन्दा धेरै बिद्यार्थीको आँखा चेकजाच गरिएको थियो ।
कार्यक्रममा नयाँगाउ माविका प्रअ पुरुषोत्तम भट्टराई, एरिया चिफ कृष्ण भट्ट पाण्डे, क्लवका अभिभावक गणेश भट्टराई, क्लवका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, जोन चेयर प्रर्शन रमेश पाण्डे, पूर्व अध्यक्ष दिपक पन्थी लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रम अध्यक्ष माधवराज पोखरेलको अध्यक्षता, उपाध्यक्ष लालप्रसाद बस्यालको स्वागत तथा सचिव मनोहर न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।