लुम्बिनी प्रदेशमा २६ प्रतिशतले लगाए पूर्ण खोप

मेचीकाली संवाददाता

१८ आश्विन २०७८, सोमबार
473 shares
फाइल तस्वीर

बुटवल। लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

खोप लगाउनेमा रुपन्देहीको कुन जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्या रहेका छन्।

पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रोल्पामा एक लाख ५७ हजार ३६९ अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । प्यूठानमा एक लाख ६० हजार ४१८ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । गुल्मीमा एक लाख ६७ हजार ६२७ अपेक्षित जनसङ्ख्यामध्ये ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । अर्घाखाँचीमा एक लाख ३३ हजार ६५५ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

पाल्पामा एक लाख ६२ हजार ९४९ अपेक्षित जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । पूर्वी नवलपरासीमा दुई लाख ४९ हजार ५३४ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कपिलवस्तुमा चार लाख ४५ हजार नौ सय अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

दाङमा चार लाख ३२ हजार ५७३ अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बाँकेमा चार लाख छ हजार १६५ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बर्दियामा तीन लाख १९ हजार ५६ अपेक्षित जनसङ्ख्यामध्ये २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।