बुटवल । लुम्बिनी प्रदेशका ११ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । रुकुम पूर्वबाहेक अरु सबै जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको रास्वपा प्रदेश उपसभापति शालिकराम घिमिरले जानकारी दिए ।
रूपन्देही सभापतिमा उपाध्याय निर्वाचित
रास्वपाको रूपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनअन्तर्गत आइतबार राति आएको मतपरिणाम अनुसार २९६ मत प्राप्त गरी उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत मात्र प्राप्त गरे ।
उपसभापतिमा दुर्गाप्रसाद खनाल २३८ मत ल्याएर विजयी भए । खनालका प्रतिष्पर्धी रचना क्षेत्रीले १८९ मत मात्र प्राप्त गरिन् । सचिवमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी मोहनविक्रम जिसीले २०३ मत मात्र ल्याए । यस्तैगरी सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी प्रेमनारायण तिवारी १४८ मत मात्र ल्याए ।
यस्तैगरी सदस्यहरूमा शर्मिला आचार्य, अनिता पन्थी, रामनाथ हरिजन, प्रेम विश्वकर्मा, पवित्राकुमारी निषाद र जमुना सापकोटा निर्वाचित भएका छन् । यसैगरी क्षेत्रका संयोजकमा १ मा खडानन्द पौडेल २ नम्बर विष्णुप्रसाद पौडेल क्षेत्रमा नम्बर ३ मा छविलाल शर्मा, क्षेत्र नम्बर ४ मा विश्वलाल शर्मा र ५ मा शेषकान्त गैरे निर्वाचित भएका छन् ।
गुल्मी सभापतिमा श्रेष्ठ निर्वाचित
रास्वपा गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको पहिलो अधिवेशनबाट भएको निर्वाचनको मत परिणामअनुसार श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले ९९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी
मनबहादुर घर्तीले ९२ मत पाए ।
त्यस्तै, उपसभापतिमा १०१ मत प्राप्त गरी प्रगति राना मगर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी निषेश श्रेष्ठले ९२ मत पाए । उपसभापतिका अर्का उम्मेदवार भरत पोखरेलले ४० मत मात्रै पाए । सचिवमा देवराज पाण्डे निर्वाचित भए । सहसचिवमा भने सागर पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्ष भने पछि मनोनयन गरिने निवर्तमान जिल्ला सभापति भोजराज पाण्डेले दिए । जिल्ला समितिका सदस्यहरूमा माया जिसी, देबिका राना, प्रेमबहादुर सुनार, भागवत गिरी, दीक्षा भण्डारी, असिम भण्डारी र तुलसा पोख्रेल चयन भएका छन् ।
रास्वपा गुल्मीले जिल्लाका १२ स्थानीय तहमध्ये गुल्मीदरबार गाउँपालिकाबाहेक ११ वटा पालिकामा अधिवेशन सम्पन्न गरको छ ।
पाल्पा सभापतिमा भण्डारी निर्विरोध
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा निर्विरोध भएका सोमप्रसाद गैरे र सभापति भण्डारीबिच रस्साकस्सी भए पनि अन्तत निर्विरोध भएको हो । सभापतिमा निर्वाचित भएका भण्डारी यसअघिको तदर्थ समितिकासमेत अध्यक्ष हुन् । यस्तै सचिवमा चार जना आकांक्षीबीच रामपुरका हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भए ।
कोषाध्यक्ष पदका लागि भने जिल्ला समितिले आवश्यक निर्णय गरी मनोनयन गर्ने भएको छ । सदस्यमा दुर्गाकुमारी अर्याल, अविता नेपाली, दिपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध भएको निर्वाचन संयोजक महेन्द्र गुप्ताले जानकारी दिए । जिल्ला सभापति भण्डारीका हनुसार पाल्पाका तानसेन र रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । जिल्ला अधिवेशनका लागि २ सय १० जना प्रतिनिधि थिए ।
कपिलवस्तु सभापतिमा सुवेदी निर्वाचित
रास्वपा कपिलवस्तु सभापतिमा शिव सुवेदी निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनअन्तर्गत आइतबार राति आएको मतपरिणाम अनुसार २३५ मत प्राप्त गरी उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बिक्रम थापाले ६५ मत मात्र प्राप्त गरे ।
उप सभापतिमा राम निवास पुरी १८० मत ल्याएर विजयी भए । पुरीका प्रतिष्पर्धी चिरञ्जीवी आचार्यले ८२ मत मात्र प्राप्त गरे । सचिवमा यमलाल आचार्य २०९ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी गुरुदेव पौडेलले ६० मत मात्र ल्याए । यस्तैगरी सहसचिवमा देवेन्द्रकुमार शर्मा १२३ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी मोहम्मद अलीले ९६ मत मात्र ल्याए ।
यस्तै सदस्यहरूमा रविन कार्की, हेवन्तकुमार श्रेष्ठ, रामनिवास चौधरी, विष्णु प्रसाद घिमिरे, शिवप्रसाद पाण्डेय, मोहनकुमार क्षेत्री, परमात्म प्रसाद मिश्र, शिवपुजन चाई, विनोद केवट, कृष्णप्रसाद भण्डारी, दिपक रजौरिया, शरद अधिकारी, इसताहक अहमद र तेजप्रसाद पौडेल चयन भएका छन् ।
अर्घाखाँची सभापतिमा पराजुली निर्वाचित
रास्वपा अर्घाखाँची सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । ९१ मत प्राप्त गरी उनी सभापतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी दिनेश सुनार विकल्पले ७८ मत ल्याए । उपसभापतिमा सहयोगी बिसिले ११६ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत पाए ।
सचिवमा चिरञ्जीवी सुनार पन्थीले १५० मत लिएर निर्वाचित भए । उनका प्रतिस्पर्धी यज्ञमणि पौडेलले ४३ मत ल्याए । सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भए । यस्तै, सदस्यहरूमा वेदराज घिमिरे, पितम्बर सेजवाल, विष्णु ढुङ्गाना, रमा पौडेल खनाल, सन्तोषी भारती र सीता सुनार निर्वाचित भएका छन् ।
रासपाको जिल्ला नेतृत्वमा सहमतिको प्रयास गरिएपनि आकांक्षीहरू धेरै भएका कारण निर्वाचन मार्फत अधिवेशन सम्पन्न गरिएको हो । जिल्लाभरका २४८ प्रतिनिधिमध्ये कुल २०७ मत मात्र खसेको थियो ।
रास्वपा प्यूठानमा पोखरेल निर्वाचित
रास्वपा प्यूठानको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा बिकास पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १५३ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पधी बमबहादुर सुनारले ४४ मत पाए ।
उपसभापतिमा केशवबहादुर महतरा १५९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी दलबहादुर केसीले ३७ मत पाए । सचिवमा यज्ञवीर पाण्डे १०६ मतसहित विजयी हुँदा बलबहादुर महतरा ८१ मत पाए । सहसचिवमा डा.ओमहरि भट्टराई ११९ मतसहित निर्वाचित भए भने मदनकुमार पोखरेलले ५० मत प्राप्त गरे । यस्तै सदस्यहरुमा विशाल पौडेल, शिशिर रिजाल र शंकर भण्डारी निर्वाचित भए । खिमे सुनार, विमला रावल क्षेत्री, सीता थापा र विपना सुनार सदस्यमा निर्विरोध चयन भएका छन् ।
दाङ सभापतिमा खनाल निर्वाचित
रास्वपा दाङको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा किरण खनाल निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार खनाल १९६ मतसहित विजयी हुँदा निवर्तमान जिल्ला सभापति विनय घिमिरेले १२४ मत मात्र पाए । त्यस्तै, सभापतिका थप दुई प्रतिस्पर्धी केदार रजौरेले ६ र किरणकुमार आचार्यले दुई मत मात्र पाए । उपसभापतिमा नीराजन थापा २४१ मतसहित विजयी भएका छन् । उनकी प्रतिस्पर्धी सुनिता रावतले ८९ मत पाइन् । सचिवमा असिम भुसाल दुई सय मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत पाए ।
सहसचिवमा प्रमिला रोकामगर १४८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत मात्र पाए । सदस्यमा प्रतापविक्रम पुनमगर, होताराम आचार्य, अनन्ता चौधरी, चुमान चौधरी विजयी भएका छन् । पवित्रा विक निर्विरोध चयन भएकी छिन् । दाङका तीनवटै निर्वाचनमा क्षेत्रीय सभापति भने सर्वसम्मत रूपमा चुनिएका छन् । निर्वाचन संयोजक लोकमान रिजालका अनुसार क्षेत्र नम्बर १ मा मोहन आचार्य, क्षेत्र नम्बर २ मा किरण खड्का र क्षेत्र नम्बर ३ मा लाजुराम चौधरी चयन भएका छन् ।
रास्वपा रोल्पा सभापतिमा थापा
रास्वपा रोल्पाको सभापतिमा बालाराम थापा सर्वसहमत निर्वाचित भएका छन् । यस्तै अधिवेशनबाट उपसभापतिमा भुपेन्द्र सिंह वलि, सचिवमा हिराबहादुर घर्ती, सहसचिवमा बालराम डाँगी र कोषाध्यक्षमा पिपलाचन्द सेन चयन भएका छन् । यस्तै, सदस्यहरुमा धर्मराज भण्डारी, महेशकुमार शर्मा, मुना डाँगी, हिरा खड्का र सन्दिप थापा मगर चयन भएका छन् भने सल्लाहकार समितिमा तोयराम थापा, दधिराम रेग्मी, रामलाल भारती र लालबहादुर डाँगीलाई चयन गरिएको छ ।
रास्वपा बर्दियामा बुढा निर्वाचित
रास्वपा बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् । सभापतिमा बुढाले १५८ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत पाए । उपसभापतिमा १५२ मत प्राप्त गरी दुर्गाप्रसाद थारु विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुकेशकुमार थारुले ३५ मत पाए ।
सचिवमा १४७ मत प्राप्त गरी दिपकबहादुर विसी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मीप्रसाद न्यौपाने ५३ मत मात्र प्राप्त गरे । सहसचिवमा १३१ मत प्राप्त गरी शरषचन्द्र तिवारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी रविन्द्र उपाध्याय ६२ मत प्राप्त गरे ।
यस्तै खुल्ला सदस्यमा अर्जुन भण्डारी, हेमराज सुवेदी, अजितकुमार मल्ल, सोमबहादुर गुरुङ, रमेश अर्याल, विष्णुप्रसाद उपाध्याय, गीता खड्का र लिला पनेरु निर्वाचित भएका छन् । जिल्लामा जम्मा मतदाना ३०१ रहेकोमा २३१ मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला कार्यसमिति २१ जनाको बन्ने जनाइएको छ ।
रास्वपा बाँके सभापतिमा श्रेष्ठ
रास्वपा बाँके जिल्ला सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन् । पार्टीको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत पु¥याउन सकेका थिएनन् । बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबिच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित गरिएको हो ।
शनिबारको मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए । यसैगरी जिल्ला उपसभापतिमा यसैगरी उपसभापतिमा ईश्वरी लामिछाने ११९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे । सचिवमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित हुनुहुँदा उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे । सहसचिवमा फारुक गुज्जर निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, जातीय प्रतिनिधि सदस्यतर्फ डा.कमर जहाँ १२१ मत र दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भए । उनीहरूका प्रतिस्पर्धी क्रमशः सहजाद अली जोलाहले ५७ र मनोज नेपालीले ३७ मत प्राप्त गरे । खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मतसहित निर्वाचित भएका छन् ।
नवलपरासी पश्चिम सभापतिमा पाण्डेय
रास्वपा नवलपरासीको अधिवेशनले सर्वसम्मत जिल्ला समिति चयन गरेको छ । यसअघि कार्यवाहकको जिम्मेवारी समाल्दै आएका रवि पाण्डेयलाई सभापतिमा चयन गरिएको हो । जिल्ला समितिको उपसभापतिमा रामप्रसाद अर्याल रहेका छन् । यसअघि तदर्थ समितिमा सचिव रहेका अमरनाथ पाठकलाई सोही पदमा चयन गरिएको छ । सर्वसम्मत भएको ९ सदस्यिय जिल्ला समितिको सहसचिवमा राकेश गुप्ता रहेका छन् ।
त्यसैगरी बहुल जातियता सदस्यतर्फ अरेन्द्रनाथ राय ठाकुर र दलित सदस्यतर्फ ब्रमा लोहार छन् । तीन जना महिला सदस्यतर्फ प्रेमकला भट्टराई ढकाल, दिलकुमारी कुँवर र शारदा भट्टराई रहेका छन् । कोषाध्यक्ष भने पछि मनोनित गर्ने व्यवस्था छ । अधिवेशनमा २६० जना प्रतिनिधिहरु रहेको निर्वाचन समितिका सदस्य बालिन्द्र विक्रम शाहीले जानकारी दिए । पालिका अधिवेशन अन्तर्गत प्रतापपुरमा निर्वाचनमार्फत नेतृत्व चयन भएको थियो भने बाँकी पालिकामा सर्वसम्मत समिति गठन भएको थियो । रामग्राम नगर समितिमा भने विवादका कारण तदर्थ समितिलाई निरन्तरता दिएर प्रतिनिधि छनौट गरिएको थियो ।
रुकुम पूर्वमा भने अधिवेशन हुने नहुने अझै निश्चित छैन । २६ जेठदेखि रास्वपाको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।
