स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते

मेचीकाली संवाददाता

९ भाद्र २०८३, मंगलवार
2 shares

वालिङ। स्याङ्जाको गल्याङस्थित करादी भित्री सडक खण्डमा बलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। ग १ ज ६५३४ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर  छ । उनीहरुलाई  पाल्पास्थित युनाईटेड मिशन अस्पताल पठाइएको छ । सामान्य घाइते भएका पाँच जना घर फर्केका छन् । अन्यको  गल्याङ नगर अस्पतालमा उपचार जारी छ ।