सिद्धबाबा मन्दिरद्धारा बाढी प्रभावितलाई १ लाख ११ हजार सहयोग

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
1 shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिर विकास समिति बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

विपदबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष अरविन्द पाण्डेयले जानकारी दिए ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिन सबैलाई आग्रह गरिएको सचिव विष्णु प्रसाद पाण्डेयले बताए ।