सेमलार व्याडमिन्टन क्लबको अध्यक्षमा थापा

मेचीकाली संवाददाता

३ आश्विन २०८३, शनिबार
1 shares

बुटवल । बुुटवल–१५ सेमलारस्थित सेमलार व्याडमिन्टन क्लबको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुुर्नप्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा जिवन काफ्ले, सचिवमा नारायण प्रसाद भुुषाल, सह सचिवमा सुुनिल सापकोटा र कोषाध्यक्ष कृष्ण भुषाल चयन भएका छन् । यस्तै सदस्यहरुमा यज्ञ मरासिनी, कृष्ण थापा, विष्णु चौधरी र गगन पुुन चयन भएको निर्वाचन समितिका संयोजक रुद्र शर्माले जानकारी दिए ।

कार्यक्रममा बुुटवल उपमहानगरपालिकाका प्रवक्ता एवम बुुटवल–१५ का वडाध्यक्ष शिव राना, पुूर्व गाविस अध्यक्ष प्रेम शर्मा काफ्ले, नवरत्न माविका निवर्तमान अध्यक्ष भवानी शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कर्मचार्यलगायतले आआफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा अध्यक्ष पुुर्नप्रकाश, सचिव इश्वरी तरामुु र कोषाध्यक्ष कृष्ण भुुषालले वार्षिक प्रतिवेदन प्रस्तुुत गरेका थिए भने विधान संसोधन तथा निर्वाचन समितिका संयोजक रुद्रप्रसाद शर्माले संसोधित विधान प्रस्तुुत गरेका थिए । कल्बले गत आर्थिक वर्षमा २६ लाख बराबरको आर्थिक कारोबार गरेको कोषाध्यक्ष भुुषालले बताए ।

२०७२ साल देखि सेमलारमा खेलकुुदको विकासका लागि व्याडमिन्ट खेलको सुुरुवात गरी हाल बुुटवल उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा कभर्डहल निर्माण भएको छ । उक्त कार्यक्रममा कभर्डहल निर्माण गर्न योगदान गर्ने तथा कभर्डहल निर्माण समितिका अध्यक्ष विनोद आचार्य, राष्ट्रिय व्याटमिन्टन प्रतियोगिता सम्पन्न गर्ने कार्यक्रम संयोजक रामबहादुुर थापा, निर्माण कार्यमा सहयोग गर्ने तथा क्लबको उन्नतिका लागि योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

८२ जना सदस्य रहेको सेमलार व्याडमिन्टन कल्बले विभिन्न राष्ट्रिय, प्रदेश, जिल्ला तथा नगरस्तरीय खेल प्रतियोगिता आयोजना गर्दै आएको छ भने यस कल्बबाट प्रतिनिधित्व गर्दै सफलता हासिल गरेको छ । कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधि, खेलाडिहरुको उपस्थिति रहेको थियो । क्लबका उपाध्यक्ष जिवन काफ्लेको स्वागत तथा सचिव इश्वरी तरामुुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।