शुद्धोधन सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

४ आश्विन २०८३, आईतवार
1 shares

पश्चिम अमवा । सियारी गाउँपालिका–७ पश्चिम अमवास्थित शुद्धोधन बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष अजय अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै शुद्धोधन सहकारी सबै क्षेत्रमा अन्य सहकारीभन्दा निकै अब्बल रहेको बताए ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद नेपालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ऋषिराम न्यौपानेले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार मीननाथ शर्मा, पूर्वअध्यक्ष एवं सल्लाहकार झपेन्द्रराज अर्याल र बाह्य लेखापरीक्षक मधुप्रसाद खनालले आआफ्नो भनाइ राखेका थिए ।

हाल संस्थामा कुल २ हजार ३८८ जना शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी ६ करोड २७ लाख ४ हजार २ सय रुपैयाँ र बचत÷निक्षेप २२ करोड ८७ लाख ३९ हजार ८ सय ८९ रुपैयाँ ४५ पैसा रहेको छ । ५२२ जनालाई कुल ३० करोड २० लाख ५६ हजार ८ सय ८६ रुपैयाँ ऋण लगानी गरिएको छ । गत आवमा संस्थाले १ करोड ६८ लाख ३ हजार ९१७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने शेयर सदस्यलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ । सहकारीले विभिन्न सामाजिक उत्तरदायित्व तथा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

साधारणसभाका अवसरमा सहकारीले असल कारोबारी, उत्कृष्ट कर्मचारी र निवर्तमान समितिका पदाधिकारीहरूलाई सम्मान गरएिको थियो । साथै भाग्यशाली कुपन उपहार कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । उपाध्यक्ष टंकनारायण आचार्यले स्वागत तथा सचिव सुरेन्द्रप्रसाद गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।